site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामसङ ग्यालेक्सी ए२४ नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर
Tiktok banner adTiktok banner ad

काठमाडौं । सासमङले ए–सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी ए२४ फोरजी ( एलटीई) नेपाली बजारमा सार्वजनिक गरेको छ । ओक्टा–कोर प्रोसेसर जडित फोनमा ९० हर्ज रिफ्रेस रेट र ६.५ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ ।

सामसङ ग्यालेक्सी ए२४ १२८ जीबी र २३६ जीबी आन्तरिक स्टोरेज र ६ जीबी आठ जीबी गरी दुई र्‍याम भेरियन्टमा रहेको छ । फोनले यसमा भएको माइक्रो एसडी कार्डमार्फत एक टीबीसम्मको बाह्य मेमोरी सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी ए२४ एलटीईमा पाँच एमपी अल्ट्रावाइड र दुई एमपी म्याक्रो लेन्सहरुको सपोर्टमा ५० एमपीको प्राइमरी क्यामरा छ । यसमा १३ एमपीको सेल्फी क्यामरा लेन्स छ । छिटो चार्ज हुने टाइप सीको तारसहित फोनमा पाँच हजार एमएएचको ब्याट्री रहेको छ ।

६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको ग्यालेक्सी ए२४ एलटीईको मूल्य २८ हजार ९९९ रहेको छ । यस्तै, आठ र्‍याम र १२८ जीबी स्टोरेज रहेको भेरियन्टको मूल्य ३१ हजार ९९९ रुपैयाँ रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro