site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सतही हावाका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित, एयर इन्डिगोको जहाज लखनउ डाइभर्ट
Sarbottam CementSarbottam Cement

काठमाडौं । टेल विन्ट (दक्षिण बहने सतही हावा) को कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुन सकेको छैन । एयर इन्डिगोको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गर्न नसकेर इन्डियाको लखनउ डाइभर्ट भएको छ ।

दिल्लीबाट काठमाडौं आएको एयर इन्डिगोको जहाजले काठमाडौंको आकाशमा होल्ड गर्दा टेल विन्टको कारण अवतरण गर्न नसकेपछि डाइभर्ट भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
 
अन्तर्राष्ट्रिय उडानका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण साइडबाट अवतरण गर्छन् । जहाज अवतरण गर्नको लागि ‘टेल विन्ट’ को बेग १० देखि १२ नटिकल माइल हुनुपर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, काठमाडौंको आकाशका ‘टेल विन्ट’ गति १७ नटिकल माइल पुगेको थियो । जसले गर्दा एयर इन्डिगोको जहाजले आकाशमा जहाज होल्ड गरेको थियो । टेल विन्टको गति नघटेपछि जहाज दिल्ली डाइभर्ट भएको हो ।

अहिले दोहाबाट आएको कतार एयरलाइन्सलगायतको  जहाजहरूले मिष्ड एप्रोज गरिरहेका छन् ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय