site stats
बाह्रखरी :: Baahrakhari
देश
बालकृष्ण खाँणलाई तीनदिन हिरासतमा राख्न अदालतको अनुमति*

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई तीनदिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । 

काठमाडौं जिल्ला अदालतले उनलाई तीनदिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । 

अदालतका प्रशासनका अनुसार खाँणलाई तीनदिन हिरातमा राखी अनुसन्धान गर्न अनुमति दिइएको हो ।

मंगलबार बिहान खाँणलाई जरुरी पक्राउ पुर्जी थमाउँदै पक्राउ गरिएको थियो ।

*तीनदिन हिरासतमा राख्न अनुमति हुनुपर्नेमा यसअघि चारदिन भएकाले सच्याइएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्