site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा कर्तव्य ज्यानका पाँच आरोपित पक्राउ

काठमाडौं । काठमाडौंमा कर्तव्य ज्यानका पाँच आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका २९ वर्षीय प्रविण तामाङ, सर्लाहीका २३ वर्षीय समीर वाइवा तामाङ, सोही ठाउँका २६ वर्षीय अभिषेक वाइवा तामाङ, सिन्धुपाल्चोकका २९ वर्षीय दीपेन्द्र भुजेल र काभ्रेपलाञ्चोकका २८ वर्षीय अनुराग तामाङ छन् ।

गएको वैशाख ३० गते उनीहरूले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२, नयाँपाटीस्थित एक किराना पसलमा स्थानीय ३७ वर्षीय बलिन्द्रप्रकाश राईमाथि कुटपिट गरेका थिए । त्यसक्रममा राई गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

घटनामा संलग्न पाँचजना त्यसलगत्तै फरार थिए । विभिन्न मितिमा उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको परिसरका एसपी अपीलराज बोहराले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  २०:४१
प्रतिक्रिया दिनुहोस्