site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सार्वजनिक पदहरूमा नियुक्ति गर्दा दलीय हस्तक्षेप नगरौँ : सांसद परियार 

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले सार्वजनिक संस्थाहरूलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताएका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उनले सार्वजनिक पदहरूमा नियुक्ति गर्दा ट्रयाक रेकर्ड हेरेर गर्न सुझाए । 

Argakhachi Cement Island Ad

“सार्वजनिक संस्थाहरूलाई दलीय हस्तक्षेपबाट मुक्त गर्दै सार्वजनिक पदहरूमा नियुक्ति गर्दा विषयगत योग्यता र व्यक्ति ट्रायक रेकर्ड हेरेर निश्चित मापदण्डका आधारमा गर्ने व्यवस्था गर्न जरुरी छ,” उनले भने । 

बजेटमा दुरदराजका किसान र मजदुरहरूको प्रतिनिधित्व हुनुपर्ने उनको भनाइ छ । 

निजी क्षेत्रको परामर्शमा खारेज गर्नुपर्ने, सुधार गर्नुपर्ने र नयाँ निर्माण गर्नुपर्ने ऐनहरू बनाउनुपर्ने उनले बताए । 

नेपालमा उत्पादित वस्तुलाई प्राथमिकता दिनुपर्ने बताए । त्यस्तै, अनुत्पादक र फजुल खर्च कम गर्नुपर्ने उनले बताए ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्