देश
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२, ढोडेनीमा मिनिट्रक दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । चारजना घाइते छन् ।
दुर्घटनामा सोही ठाउँकी ३० वर्षीया पेमा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुई घाइतेको धुलिखेल र दुईजनाको मेलम्चीस्थित नगर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।
गए राति करिब साढे ९ बजे बा४ख ५३८२ नम्बरको मिनिट्रक सडकबाट अन्दाजी १० मिटर तल खसेको थियो । दुर्घटनापश्चात् फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८० १३:२१
प्रतिक्रिया दिनुहोस्