अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ९०० रुपैयाँमा करोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला एक लाख १० हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदीको मूल्य लगातार चार दिनदेखि स्थिर छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८० ११:१०
प्रतिक्रिया दिनुहोस्