राजनीति
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा उजुरी दर्ता गरिएको छ । सर्लाहीका विकासकुमार ठाकुरले सोमबार अख्तियारमा उक्त उजुरी दर्ता गराएका हुन् ।
सामान्य परिवारमा जन्मिएका सिंहले एक्कासि आर्थिक फड्को मार्नु अस्वाभाविक रहेको ठाकुरले उजुरीमा उल्लेख गरेका छन् । सिंहमाथि छानबिन गर्न माग गरिएको छ ।
सोमबारै प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले भ्रष्टाचारविरुद्ध आवाज उठाउन रोक लगाएको भन्दै सिंह अर्धनग्न भएका थिए ।
उजुरीको पूर्णपाठ पढ्नोस्–
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० १३:५५
प्रतिक्रिया दिनुहोस्