site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अमरेश भन्छन्– सहिद बन्न तयार छु, भ्रष्टाचारविरुद्ध बोल्न छाड्दिनँ, बोल्न नपाएपछि कपडा खोलेँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भ्रष्टाचारविरूद्ध बोल्दा सहिद बन्नुपरे पनि आफू तयार रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्न नपाएको भन्दै उनी कपडा खोलेर अर्धनग्न बनेका थिए ।

त्यसपछि बाह्रखरीसँग कुराकानी गर्दै उनले संसद् जनताको आवाज उठाउने ठाउँ भएको र भ्रष्टाचारजस्तो जधन्य अपराधमा आफूले बोल्न नपाएपछि कपडा खोलेर विरोध गरेको बताए । संसद्मा बोल्न नपाए आफू सडकमा जाने र भ्रष्टाचारविरूद्ध आवाज बुलन्द पार्ने उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“नेताहरू भ्रष्टाचार गर्दै जाने अनि हामीले आवाज उठाउन खोज्दा संसद्मा बोल्न नदिने ? त्यसकारण मैले विरोध गर्न संसद्को गरिमा बुझेरै यसो गरेको हो,” सांसद सिंहले भने, “संसद् जनताको आवाज उठाउनका लागि हो । मैले पनि यहाँ दशक बिताइसकेको छु । करोडकरोड खान मिल्ने अनि हामीले बोल्न नमिल्ने भन्ने हुन्छ ?”

सांसद सिंहले संसद्को गरिमा उल्लंघन गरेबापत कारबाही गरे भोग्न तयार रहेको पनि बताए । “कारबाही भोग्न तयार छु । तर, भ्रष्टाचारविरूद्ध आवाज उठाइरहन्छु । त्यसका लागि ज्यान गए पनि जाओस्,” उनले थपे, “भ्रष्टचारविरोधी एक सहिद थपिने हो, म तयार छु ।”

Global Ime bank

उनले संसद्मा आवाज उठाउन नपाए आफू सडकमा जाने र जनतामाझ गएर भ्रष्टाचारविरोधी अभियानलाई सशक्त बनाउने बताए । देशभरका जनतालाई यो अभियानमा सडकमा आउन पनि उनले आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement