site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निजी क्षेत्रको मनोबल बढाउने भनेर पुग्दैन : पौडेल
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको मनोबल बढाउन बजेटमा विशेष व्यवस्था गर्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रि–बजेटमाथिको छलफलका क्रममा उनले बजेटमा निजी क्षेत्रको मनोबललाई बढाउने गरी व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“निजी क्षेत्रको मनोबल बढाउने भनेर मात्र हुँदैन । हामीले निजी क्षेत्रको मनोबल कसरी बढाउँछौँ ? निजी क्षेत्र के भनिरहेको छ भने, हिजो चालु पुँजी कर्जाले समस्या सिर्जना गर्‍यो । त्यसलाई स्टलमेन्टमा तिर्ने व्यवस्था गरियो । त्यसले पनि पुुगेन,” उनले भने, “अब हामीले ऋणको ब्याज तिर्न सकिरहेका छैनौँ । हाम्रो कारखाना चलिरहेको छैन । हाम्रो व्यापार चलिरहेको छैन । सभामुख महोदय, हरेक तेस्रो सटर बन्द हुँदै छ देशव्यापी रूपमा, तथ्यांक संकलन गर्‍यौँ त  ? हरेक पसलहरूमध्ये तेस्रो पसल बन्द हुँदै छ । भोलि अर्काे दोस्रो पसल पनि बन्द हुने अवस्था देखिँदै छ ।”

कलकारखाना बन्द हुँदै गएको भन्दै उनले समस्या समाधान गर्ने विषयमा सोच्नुपर्ने बताए । निजी क्षेत्रको मनोबल बढाउने भनेर मात्र नहुने उनले बताए ।

Global Ime bank

व्यवसायीको ऋणको ब्याजको समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए । सरकारका नीति उत्पादनमैत्री हुनुपर्ने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय