site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सम्भावनाहरू खोजौँ, तर बजेटको सिलिङ नघटाऔँ : नेता पौडेल
फाइल तस्बिर।

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले बजेटको सिलिङ नघटाउन अनुरोध गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मन्त्रीहरूले पैसा छैन भन्दै बजेटको सिलिङ घटाउन उपयुक्त नहुने बताए ।

आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा बोल्दै उनले गएको सालभन्दा यस वर्ष एक खर्ब घटाएर बजेट आउन खोजेको बताए । उनले भएका सम्भावना खोजेर भए पनि बजेटको दायरा घटाउन नहुनेमा जोड दिए ।

“गतसालको भन्दा एक खर्ब कममा बजेट आउँदै छ भन्ने सुनको छु । मन्त्रीहरुले पैसा छैन भन्नुहुन्छ । मेरो अर्थमन्त्रीलाई अनुरोध छ, तपाईंले आँट गर्नुहोस्, भएका सम्भावना खोजौँ,” उनले भने, “बजेटको सिलिङ नघटाउन अर्थमन्त्रीलाई सुझाव दिन्छु । करको दायर वृद्धि गरौं । सफ्ट लोनमा वैदेशिक अनुदान ल्याउँ, करको दायरा बढाऔँ । बेरुजु नियमन र भ्रष्टचार न्यूनीकरण गरौं तर बजेटको सिलिङ नघटाऔँ ।”

सांसद पौडेलले सबै दलहरूले सकारात्मक उदेश्य लिएर अहिलेको आर्थिक अवस्था सुधार गर्न अघि बढ्नुपर्नेमा जोड दिए । साथै, उनले अहिलेको खस्किँदो आर्थिक अवस्थालाई लयमा ल्याउन साझा संकल्प जरूरी भएको पनि जिकिर गरे ।

संघीयताको विरोध गरेर एकात्मक व्यवस्था फर्काएर अर्थतन्त्र लयमा नआउने भन्दै उनले देश खत्तम छ, रोजगारी भएन, कर प्रणाली खतम भनेर सधैँ भनिरहने हो भने युवाहरू यो देशमा नबस्ने गुनसो गरे । 

साथै, उनले शान्तिप्रकृयाको विषय टुंगोमा पुर्याउनु अहिलेको आवश्यक्ता भएको भन्दै यसलाई अघि बढाउनु सबैको साझा कर्तव्य र दायित्व भएको जिकिर गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro