site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
५०० र हजारका नोट प्रतिबन्ध गर्न राष्ट्रियसभामा माग
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभा सदस्य कमला पन्तले ५०० र हजार रुपैयाँका नोटलाई ‘ब्यान्ड’ गर्नुपर्ने माग गरेकी छन् । सोमबार राष्ट्रियसभा बैठकमा आउँदो आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उनले यस्तो माग गरेकी हुन् ।

अर्थतन्त्र उकास्नका लागि ५०० र हजारका नोटहरू प्रतिबन्ध गर्नुपर्नेमा उनले जोड दिइन् । उनले ‘सधैँभरि बिरालो बाँधेर श्राद्ध गर्नेतिर जान नहुने’ भन्दै सरकारले गर्न सक्ने काम मात्र उल्लेख गर्न आग्रह गरिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

किसानको उत्पादन राज्यले किन्छ भन्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको उनले बताइन् ।

“हामी बिरालो बाँधेर श्राद्ध गर्नेतिर नजाऔँ । ठ्याक्कै के गर्ने हो त्यो भनौँ । किसानको उत्पादन राज्यले किन्छ भन्ने हो भने किसानले उत्पादन बढाउँछ । सडकमा लगेर उत्पादन पोख्ने भए किन बढाउने ? राजस्व संकलनको समस्या के हो ? किन भएन राजस्व संकलन ? यसलाई रोक्ने कुरा के हो ? रोक्नेतिर जाऔँ,” उनले भनिन्, “भन्सारमा कहाँ चुहावट, अर्थमन्त्रीलाई जानकारी छैन भन्ने कुरामा म विश्वास गर्दिनँ । बोरामा बाँधेका पैसाहरूलाई, ५०० र हजारका नोटलाई ब्यान्ड गरौँ । यदि, हामीले समस्या बुझेका छौँ र सकिन्छ र हिम्मत छ भने यत्ति गर्न सके पलायन हुँदै गएको अर्थतन्त्रबाट बच्न सक्छौँ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दा किन जहिल्यै नकारात्मक गर्छ, रुन्चे कुराले हुन्छ ?”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement