site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अमरेशले पुनः कपडा नलगाएको भए के हुन्थ्यो कारबाही ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सभामुख देवराज घिमिरेले बोल्नका लागि समय नदिएको भन्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबार प्रतिनिधिसभा बैठकमै कपडा खोले । आफ्नो आसनबाट उठेर उनले शरीरमाथिको कपडा खोलेका थिए ।

तर, सभामुखको चेतावनीपछि पुनः कपडा लगाए । उनले कपडा लगाएपछि बैठकको काम–कारबाही नियमित सञ्चालन भएको छ ।

संसद्‍मै अमरेश कुमार सिंहले कपडा खोलेर अर्धनग्न बनेपछि...

Prabhu Bank
Agni Group
NIC Asia

सभामुखले विशेष समयको व्यवस्था नगरेको बताएपछि सिंह र नेमकिपाका सांसद प्रेम सुवालले आकस्मिक समय माग गरे । सभामुखले आकस्मिक समय पनि नरहेको बताएका थिए । सांसद सिंहले आकस्मिक समय हटाउन नमिल्ने भन्दै विरोध गर्न सुरु गरेका थिए । सभामुखले उनलाई ‘तपाईंलाई बोल्नका लागि समय दिइएको छैन, बस्नुस्’ भन्दै रोके । त्यसपछि केही आक्रोशित देखिएका सिंहले कपडा खोल्न सुरु गरेका थिए ।

संसद् बैठकमै अमरेश अर्धनग्न (तस्बिरहरू)

Global Ime bank

कपडा खोलेर ‘टपलेस’ भएपछि सभामुखले उनलाई नियमावलीको व्यवस्था ध्यानाकर्षण गराएका थिए । सुरुमा नियमावलीको नियम २१ को ‘घ’ र ‘ङ’को व्यवस्था सभामखुले सम्झाएका थिए ।

“अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने,” व्यवस्था नियम २१ को ‘घ’मा लेखिएको छ ।

“बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसायले दुरुपयोग गर्न नहुने,” सभामुखले भने ।

त्यति गर्दा पनि कपडा नलगाएपछि सभामुख घिमिरेले नियम ३० अनुसार चेतावनी दिएका थिए । “चेतावनी : बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्नेछ,” नियममा ३० उल्लेख छ ।

संसद्‌मै नाङ्गिए अमरेश, मर्यादाविपरीतको व्यवहार (भिडियोसहित)

त्यसपछि भने सिंहले कपडा लगाए । त्यति बेला पनि कपडा नलगाएको भए उनीमाथि सभामुखले कारबाही गर्न सक्थे ।

“बैठक कक्षबाट निष्काशन : (१) नियम ३० बमोजिमको आदेश पालन नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्नेछ,” नियम ३१ को ‘१’ मा उल्लेख छ, “आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर जानुपर्नेछ र निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउने छैन ।”

त्यसरी आदेश दिँदा पनि अभद्र व्यवहार गर्ने सदस्यलाई मर्यादापालक लगाएर निकाल्ने व्यवस्था समेत नियमावलीमा छ ।

“उपनियम (१) बमोजिमको आदेश पाएपछि पनि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर नगएमा सभामुखले निजलाई मर्यादापालकको सहयोग लिई बाहिर निकाल्न सक्नेछ,” उपनियम २ मा भनिएको छ ।

उपनियम ३ मा उपनियम (२) बमोजिम बैठकबाट निष्कासित सदस्यले त्यसपछिको तीन दिनसम्म सभा वा कुनै समितिको बैठकमा भाग लिन नपाउने व्यवस्था छ ।

अमरेश भन्छन्– सहिद बन्न तयार छु, भ्रष्टाचारविरुद्ध बोल्न छाड्दिनँ, बोल्न नपाएपछि कपडा खोलेँ

यस्तो छ नियमावलीको व्यवस्था– 
३०. चेतावनी : बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्नेछ । 

३१. बैठक कक्षबाट निष्काशन : (१) नियम ३० बमोजिमको आदेश पालन नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्नेछ । आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर जानुपर्नेछ र निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउने छैन । 

(२) उपनियम (१) बमोजिमको आदेश पाएपछि पनि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर नगएमा सभामुखले निजलाई मर्यादापालकको सहयोग लिई बाहिर निकाल्न सक्नेछ । 

(३) उपनियम (२) बमोजिम बैठकबाट निष्कासित सदस्यले त्यसपछिको तीन दिनसम्म सभा वा कुनै समितिको बैठकमा भाग लिन पाउने छैन । यसरी निकालिएकोमा सचिवले सोको सूचना सम्बन्धित समिति तथा संसदीय दललाई दिनेछ । 

३२. सदस्यको निलम्बन : (१) सभामुखको आसनको अवहेलना गर्ने वा सभाको कार्यमा जानीजानी बारम्बार बाधा दिने वा अभद्र व्यवहार गर्ने वा संविधान वा यस नियमावलीको जानीजानी उल्लंघन वा अवहेलना गर्ने सदस्यको नाम सभामुखले तोक्न सक्नेछ । 

(२) उपनियम (१) बमोजिम नाम तोकिएको सदस्यलाई बैठकबाट निलम्बन गरियोस् भनी कुनै सदस्यद्वारा प्रस्ताव पेस भएमा सो प्रस्ताव सभामुखले निर्णयार्थ तुरुन्त बैठकमा प्रस्तुत गर्नेछ र सो प्रस्तावउपर कुनै संशोधन वा स्थगन प्रस्ताव ल्याई छलफल गर्न पाइने छैन । 

(३) उपनियम (२) बमोजिमको प्रस्ताव पारित भएमा त्यस्तो सदस्य निलम्बन भएको मानिनेछ र त्यसरी निलम्बित सदस्यले त्यसपछिको बढीमा पन्ध्र दिनसम्म सभा र समितिको बैठकमा उपस्थित हुन पाउने छैन । 

(४) उपनियम (३) बमोजिम निलम्बन भएको सदस्यले बैठक कक्षबाट तुरुन्त बाहिर जानुपर्नेछ । 

(५) निलम्बित सदस्य उपनियम (४) बमोजिम बैठक कक्षबाट बाहिर नगएमा सभामुखले निजलाई बाहिर निकाल्न मर्यादापालकलाई आदेश दिन सक्नेछ । 

(६) यस नियमबमोजिम कुनै सदस्य निलम्बन भएमा वा त्यस्तो निलम्बन फुकुवा भएमा सचिवले त्यसको सूचना सम्बन्धित समिति तथा संसदीय दललाई दिनेछ । 

(७) उपनियम (३) तथा नियम ३१ बमोजिम निलम्बित सदस्यले पूर्वसूचना दिइसकेको प्रस्ताव निलम्बित अवस्थामा बैठकमा प्रस्तुत गर्नुपर्ने भएमा सभामुखले सो प्रस्ताव पेस गर्नको लागि अन्य कुनै सदस्यलाई अधिकृत गर्न सक्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement