site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्‌मै नाङ्गिए अमरेश, मर्यादाविपरीतको व्यवहार (भिडियोसहित)

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सर्लाही–४ बाट निर्वाचित संघीय सांसद अमरेशकुमार सिंहले असंसदीय व्यवहार प्रदर्शन गरेका छन् । उनले भनेको समयमा सभामुखले बोल्न नदिएपछि कोट, शर्ट र पेटीगञ्जीसमेत खोलेर नाङ्गो भए । 

प्रतिनिधिसभाको सोमबारको बैठक सुरु हुनेबित्तिकै सांसदहरूले उभिएर बोल्नका लागि समय माग गरे ।  सभामुख देवराज घिमिरेले बैठक विधिवत् सुरु हुन दिन आग्रह गरे र कारवाही अघि बढाए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सभामुख घिमिरेले विशेष समय नराखेको जानकारी दिँदै कारवाही अघि बढाउन खोजेपछि नेमकिपाका सांसद प्रेम सुवाल पनि अर्को कुनामा उभिएर समय मागिरहेका थिए तर बोल्न समय नदिएको भनेर रिसाइरहेका सांसद सिंह उभिएर कमिजका टाँक फुकाल्न थाले । 

संसद्‍मै अमरेश कुमार सिंहले कपडा खोलेर अर्धनग्न बनेपछि...

एकछिनमा कमिज फुकालेका उनले फेरि भित्रको पेटीगञ्जी पनि फुकालेर नाङ्गै भए । सभामुख घिमिरे केही अल्मलिएको देखियो ।  अनि सभामुखले उनलाई मर्यादा ननाघ्न पटक–पटक चेतावनी दिए ।  उनलाई बैठकबाट निस्कासन गर्ने आँट भने देखाएनन् । सभामुखले पटक–पटक मर्यादित हुन आग्रह गरेपछि उनी बसे । 

आफ्नो कमिट लगाएका थिए । संसदीय व्यवस्थामा मतदानमा भोट बिगार्नु, चित्त नबुझेको कुरा मर्यादित शब्दमा बोल्नु, अर्काले बोलेको विषयमा चित्त नबुझेमा बहस र प्रतिवाद गर्नु सामान्य हो । 

संसद् जनताको आवाज बोल्ने थलो हो तर कपडा फुकालेर आफूलाई अमर्यादित ढंगले उभ्यानु संसदीय व्यवस्थाको मर्यादाभित्र पर्दैन ।  बेलायतमा उच्चशिक्षा हासिल गरेर राजनीतिक विश्लेषक भीमप्रसाद भूर्तेल सांसद् सिंहको व्यवहारलाई असंसदीय व्यवहार भएको बताए । 

“यस्ता किसिमका विरोधका घटना ल्याटिन अमेरिकी संसद्मा यदाकदा देखिन्छन् तर बेलायतीशैलीको प्रजातन्त्रमा यस्तो हुँदैन,” उनले बाह्रखरीसँग भने, “यो असंसदीय व्यवहार हो । यसले संसदीय व्यवस्थालाई बदनाम गराउँछ ।”
 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्