site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
संसद् बैठकमै अमरेश अर्धनग्न (तस्बिरहरू)
SkywellSkywell

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकस्थलमै कपडा खोलेका छन् । सोमबार उनले बोल्नका लागि समय मागेका थिए । समय नपाएपछि सिंहले कपडा खोलेर विरोध जनाएका हुन् ।

सभामुख देवराज घिमिरेले आकस्मिक र विशेष समय नराखिएको जानकारी गराउँदा गराउँदै सिंहले समय मागेका थिए । उनले त्यसपछि कपडा खोलेर अर्धनग्न बन्दै विरोध गरेका हुन् ।

सिंहले कपडा खोलेर विरोध जनाएपछि संसद्मा अभद्र व्यवहार गर्न नपाइने नियमावलीको व्यवस्था सभामुखले ध्यानाकर्षण गराएका थिए ।

Dabur Nepal
NIC Asia

“असिस्ट, अश्लील, आपत्तिजनक अभिव्यक्ति नदेखाउन चेतावनी दिन्छु,” सभामुख घिमिरेले भने, “अमरेशकुमार सिंहले देखाएको व्यवहार नियम ३० को आधारमा चेतावनी दिन्छु । तपाईंलाई मैले चेतावनी दिन चाहन्छु । फर्किएर आएर बस्नुहोस् । असभ्य व्यवहार देखाउनुहोस् । नियमानुसार आफ्ना कुराहरू राख्नुहोस् ।”

“चेतावनी : बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्नेछ,” नियम ३० मा उल्लेख छ ।

थप तस्बिर हेर्नोस्–

345956618_3190585421239806_2496645810644675533_n1683525450.jpg

345977287_216342767812074_7875067692893620501_n1683525450.jpg

346110174_227316716654989_7463503581266316178_n1683525444.jpg

346094970_1004537230545671_9159572860310329353_n1683525441.jpg

amresh11683525329.jpg

amresh31683525199.jpg

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ११:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu