site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभामा ‘झड्केलो छोरो’ भन्ने अभिव्यक्तिप्रति एमालेको आपत्ति
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रियसभाको आजको बैठकमा सुरुमै नियमापत्ति जनाएको छ । आइतबारको बैठकमा नेपाली कांग्रेस दलका नेता रमेशजंग रायमाझीले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै नियमापत्ति जनाइएको हो ।

आइतबार उनले एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘झड्केलो छोरो’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर एमालेले नियम आपत्ति जनाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले रमेशजंगले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरे । उनले यस्ता शब्दले संसद् र सांसद स्वयंको पनि गरिमा घट्ने बताए ।

“माननीय रमेशजंग रायमाझीले जुन खालको अभिव्यक्ति दिनुभएको छ, हिजो आफ्ना अभिव्यक्ति राख्ने क्रममा छ । त्यसमा नेकपा (एमाले)को नियमापत्ति छ । हामीले हिजो नियमापत्ति जनाउने सोचे पनि पहिलो दिनको बैठक भएकाले गरेनौँ । उहाँले हिजो पूर्वउपप्रधानमन्त्री एवं नेकपा (एमाले) पार्टी सचिव टोपबहादुर रायमाझीलाई झड्केलो छोरो भन्नुभएको छ, यो शब्दप्रति हाम्रो नियमापत्ति छ,” उनले भने, “संविधानको धारा २६९ ले समान विचार भएका र सिद्धान्त भएकाहरूको बीचमा संगठन निर्माण गर्न सकिने भनिएको छ । संविधानको धारा ११७ मा मौलिक हकको व्यवस्था गरिएको छ । त्यसमा व्यक्तिको व्यक्तिगत स्वतन्त्रतालाई हनन गरिने छैन भन्ने कुरा गरिएको छ । झड्केलो छोरोको शब्द जुन राखियो, यो शब्दले हाम्रो सम्पूर्ण गरिमा, सांसदको गरिमा घट्छ कि बढ्छ ? हिजो उहाँले बोलेको उक्त शब्द रेकर्डबाट हटाउन माग गर्दछु ।”

Global Ime bank

नियमापत्तिसँगै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अडियो सुनेर नियमविरुद्धमा रहेको भए मंगलबारको बैठकमा जानकारी गराउने प्रतिबद्धता जनाए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ११:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement