site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निगमका कार्यकारी अध्यक्ष अधिकारीले बुझाए जवाफ, अकाउन्टेबल म्यानेजरबाट नहटाइने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्पष्टीकरण दिएका छन् ।

गत बुधबार प्राधिकरणले नीतिगत निर्णय कार्यान्वयनमा निगमले अवज्ञा गरेको भन्दै कार्यकारी अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधेको थियो । प्राधिकरणले ७२ घण्टाभित्र आफैँ उपस्थित भएर जवाफ दिन भनेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले शुक्रबार सार्वजनिक बिदा भएपछि आइतबार प्राधिकरणमा उपस्थित भएर जवाफ दिएका हुन् । 

जवाफमा उनले ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्क प्राधिकरणले तोकेकै समयदेखि कार्यान्वयन भएको दे‍खिने गरी हिसाब मिलान गर्ने बताएका छन् । प्राधिकरणले १ नोभेम्बर २०२२ देखि नयाँ नीति लागु गर्न भनेको थियो ।

Global Ime bank

प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार अधिकारीले प्राधिकरणको नयाँ नियमको कार्यान्वयन भने जेठबाट गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनलाई प्राधिकरणले गरेको नीतिगत निर्णय कार्यान्वयनमा निगमले गरेको ढिलासुस्ती तथा अवज्ञाको मुख्य जिम्मेवार व्यक्ति ठहर गर्दै निगमको 'अकाउन्टेबल म्यानेजरबाट किन नहटाउने ?' भनेर प्रश्न गरेको थियो ।

अधिकारीले प्राधिकरण तोकेको समयबाट नै नयाँ ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्क लागु गर्ने प्रतिबद्धता जनाएपछि उनको अकाउन्टेबल म्यानेजर पद कायम रहने सहप्रवक्ता भुलले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  २१:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय