site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से १,८५० को बिन्दुमा, कारोबार रकम ६० करोडमा सीमित
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको पहिलो दिन आइतबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १९.१२ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार १२.७३ अंकले उकालो लागेको बजार आज घटेर १८५०.६१ बिन्दुमा बन्द भएको हो

आज कारोबार रकममा पनि कमी आएको छ । गत बिहीबार ७३ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएकोमा आज घटेर ६० करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । बिहीबारको तुलनामा करोबार रकम झन्डै १३ करोडले घटेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

 

आज २६३ धितोपत्रको २० लाख १५ हजार ९५९ कित्ता खरिदबिक्री भएको छ । शिवम् सिमेन्टको तीन करोड २२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ भने मकर जितुवा सुरी हाइड्रोपावरको एक करोड ८९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

Global Ime bank

सर्वाधिक सेयरमूल्य वृद्धि हुनेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । यो संस्थाको सेयरमूल्य ८.२२ प्रतिशतले वृद्धि भएर ५४२ रुपैयाँ ७० पैसा कायम भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूच घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय