site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्व शान्ति र प्रेम शिर्षकमा चित्रकला प्रतियोगिता  

काठमाडौं । २५६७ औं वुद्ध जयन्तीको अवसरमा सीता एण्ड सन्सले आयोजना गरेको कास्की जिल्ला माध्यमिक तह स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ७ देखि १० सम्मको प्रतियोगितामा मदरल्यान्डमा विका एन्जल नेपाली पहिलो, कुम्दिनी होम्सका अविस्था पालिखे दोस्रो, वालोदय माविका इसिवा पौडेल तेस्रो र हिमालचन स्कुलका आविष्कार लामिछानेले सन्तवना पुरस्कार प्राप्त गरे । 

उनीहरूले क्रमशः हाइसेन्सको ३२ इन्चको एचडी टीभी, कोनका २२०० वाटको भ्याकुम क्लिनर, डाइकोमको वाटर डिस्नेपन्सर हट एन्ड कोल्ड र लिभ्प्युरको वाटर फिल्टर पुरस्कार प्राप्त गरे ।

दश जोड दुईतर्फ सैनिक आवासीय माविका सन्दीप लामा पहिलो, मदरल्यान्ड माविका कपिलराज गाहा दोस्रो, सिर्जना माविका लक्ष्मण पोख्रेल तेस्रो र शिशुनिकेतन माविका पूर्णकुमार गुरुङले सान्तवना पुरस्कार प्राप्त गरेका छन् । 

पहिलो, दोस्रा, तेस्रो र सान्तवना हुनेले क्रमशः ३२ इन्चको स्मार्ट टीभी, खिन्डको एयर फायर, नियोको स्प्रिङ आरओ फिल्टर र  केन्टको वाटर फिल्टर प्राप्त गरेका छन् । यसबाहेक प्रतियोगितामा सहभागी मध्येबाट पाँच जनालाई गोला प्रथाबाट डिश होमको सेटअपबक्स प्याकेज प्रदान गरिएको छ । 
 
पोखरा ७ मासबारस्थित श्रिकृष्ण माविमा आयोजित प्रतियोगितामा कास्की जिल्लाभित्रका विभिन्न विद्यालयबाट ८१ जना प्रतियोगीले विश्व शान्ति र प्रेम शीर्षकमा २ घण्टा ३० मिनेट लागाएर आफ्नो चित्रकला प्रस्फुटन गरेका थिए ।

क्यान्भासमा चित्र कोरेर उद्घाटन गर्दै प्रमुख अतिथि वरिष्ठ कलाकार दुर्गा बराल (वात्सायन)ले व्यवसाय क्षेत्रबाट नवकलाकारलाई प्रतिभा प्रस्फुटन गराउन प्रतियोगिता आयोजना गर्नु राम्रो काम भएको बताए । पोखरा महानगरपालिका ७ का वडाअध्यक्ष राममोहन आचार्यले यस्ता कार्यक्रममा वडाको पनि साथ र सहयोग रहने वताए ।

प्रतियोगिताको सहकार्य संस्था सिर्जनशील कलाकार समूहका अध्यक्ष मिलन शेरचनले यस्ता कार्यक्रमले विधार्थी तथा नवकलाकारलाई आफ्नो कलालाई निरन्तरता दिन हौसला मिल्ने बताइन् । निर्णायक मण्डलका संयोजक सिर्जनशील कलाकार समूहका सल्लाहकार लोकप्रसाद गुरुङले सबै सहभागी प्रतियोगीको चित्रकला उत्कृष्ट रहेको र आफ्नो कलालाई निरन्तरता दिन आग्रह गरे । 

सीता एण्ड सन्सका संचालक सावित्री आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत मन्दीप आचार्य र संचालन सिर्जनशील कलाकार समूहका कार्यवाहक अध्यक्ष दलबहादुर गुरुङले गरेका थिए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  ०८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro