site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कस्तो हुनेछ आज काठमाडौंको मौसम ?

काठमाडौं । देशका पहाडी भू–भागमा आज बिहान बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

Dabur Nepal
NIC Asia

कोसी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

विभागका अनुसार आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बदली र वर्षाको सम्भावना रहे पनि हिजोअस्तिको तुलनामा कम रहेको मौसमविद् सजिना शाक्य बताउँछिन् । “हिजोअस्तिको तुलनामा आजबाट वर्षा र बदलीको सम्भावना केही कम रहेको छ,” शाक्य भन्छिन्, “वर्षाको मात्रा र अवधि दुवै आजबाट कम हुने दखिन्छ ।” यद्यपि, प्रि–मनसुनको सिजन भएकाले वर्षा नहुने सम्भावना भने नरहेको उनी स्पष्ट पार्छिन् । 

आज काठमाडौंमा विगत केही दिनको तुलनामा मौसम सफा हुने मौसमविद् शाक्यको भनाइ छ । बिहान हुस्सु देखिए पनि घाम लागेसँगै हट्ने उनले जानकारी दिइन् । दिउँसो काठमाडौंको आकासमा केही बादल भने देखिने बताउँदै उनी भन्छिन्, “काठमाडौंमा आज दिउँसो वर्षाको सम्भावना न्यून छ ।”

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ०५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro