site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सञ्चार प्रविधिको भूमिका महत्त्वपूर्ण : मन्त्री शर्मा
Tiktok banner adTiktok banner ad

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्राथमिकतामा राखेको सुशासन र समृद्धिको एजेन्डालाई पूरा गर्न सूचना तथा सञ्चार प्रविधिको महत्त्वपूर्ण भूमिका हुने बताएकी छन् । मंगलबार छैटौँ सञ्चार तथा सूचना प्रविधि दिवस मूल समारोहमा उनले यस्तो बनाएकी हुन् ।

सुशासन सरकारको प्राथमिकतामा रहेको उनले उल्लेख गरिन् । देशमा व्याप्त बेथितिको अन्त्य गर्न र सेवा प्रवाहको क्षेत्रलाई सहज बनाउन सरकार लागिपरेको उनले बताइन् ।

वर्तमान सरकार गठन भएदेखि नै सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै अत्यावश्यकीय सेवा क्षेत्रलाई नयाँ गतिका साथ अगाडि बढाइरहेको उनको भनाइ छ ।

राहदानी, राष्ट्रिय परिचयपत्र, बैदेशिक रोजगारीमा जाने नेपालीका लागि स्थानीयस्तरबाटै श्रम स्वीकृति, वैदेशिक रोजागरीमा रहेका नेपालीलाई नेपालभित्रैबाट विद्युतीय स्वास्थ्य जाँच र परामर्शलगायत सेवा सरकारले सुरु गरेको उनले बताइन् ।

मन्त्री शर्माले यी सेवा प्रवाह सहज बनाउन सूचना प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिइन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro