site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसदीय समितिहरूको बैठक बोलाउने तयारी, पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने    
फाइल तस्बिर : संघीय संसद् प्रतिनिधिसभाको बैठक ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाले दशवटा विषयगत समिति गठन गरेसँगै संघीय संसद् सचिवालयले समितिको पहिलो बैठक बोलाउने तयारी गरेको छ । गत शुक्रबारको प्रतिनिधिसभाको बैठकले दशवटा विषयगत समिति गठन गरेको थियो ।

संघीय संसद् सचिवालयले समितिको पहिलो बैठक बोलाएर समिति सभापति चयनको प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संसद् सचिवालयले समितिको बैठक बोलाउने प्रक्रिया प्रारम्भ भइसकेको बताए । उनले संसद् सचिवालयले समिति गठन भएको जानकारी सम्बन्धित समिति सचिवालयलाई गराइसकेको जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

“समितिहरू आफ्नो बैठक बस्न पूर्वतयारीको चरणमा छन् । सचिवालयले समिति सचिवालयलाई समिति गठन भएको जानकारी गराइसकेको छ । सभापतिको निर्वाचनको सम्बन्धमा नियमावलीको व्यवस्थाअनुसार सभामुखले तोकेको दिनमा सभापतिको निर्वाचन हुने र सो को सूचना सचिवले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै प्रकाशन गर्नेभन्ने व्यवस्था छ,” उनले भने ।  

पहिलो बैठकअघि सभामुखले संसदीय दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गर्ने संघीय संसद सचिवालयका प्रवक्ता गिरीले बताए । समिति सचिवालयले पनि समितिको ज्येष्ठ सदस्यसँग समन्वय गरेर मिति तय गरी पहिलो बैठक बोलाइने उनले जानकारी दिए । प्रवक्ता गिरीले सबै समितिहरूको पहिलो बैठक एकैपटक बस्नसक्ने बताए । 

Global Ime bank

प्रवक्ता गिरीले सभामुखले तोकेको दिनमा समिति सभापतिको निर्वाचन हुने र सो को सूचना प्रतिनिधिसभाका सचिवले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै प्रकाशन गर्ने नियमावलीमा व्यवस्था रहेको बताए । 

प्रतिनिधिसभामा दशवटा विषयगत समिति छन् । यसका साथै प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरू रहने गरी दुईवटा विषयगत समिति पनि छन् । प्रतिनिधिसभाको वैशाख १५ गतेको बैठकले समितिमा रहने सदस्यहरूको नाम सर्वसम्मतीले अनुमोदन गरेको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य रहेका तथा मन्त्रिपरिषद् सदस्य भएकाहरू सबै समितिमा उत्तरदायी भूमिकामा रहने भएकोले विषयगत समितिहरूा सदस्य तोकिने व्यवस्था छैन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ०९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement