site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दै
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दै छ ।

केन्द्रीय समितिको बैठक बिहान ११ बजे र संसदीय दलको बैठक दिउँसो ३ बजे बस्ने महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यी दुवै बैठक काठमाडौंको वसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा विभिन्न विषयमा छलफल हुने उनले बताए ।

बैठकमा हालै सम्पन्न उपनिर्वाचनको समीक्षा, राजनीतिक परिस्थितिको समीक्षा, संसदीय दलको नेता, विभागहरू गठनलगायत विषयमा छलफल हुने उनले जानकारी दिए ।

Global Ime bank

पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने वा कायम राख्ने विषयमा निर्णय गरिने बताइएको छ। बैठकका विभिन्न एजेन्डामध्ये सरकारमा सहभागी वा बहिर्गमन पनि एक रहेको पार्टी उपसभापति एवं सांसद डीपी अर्यालले जानकारी दिए ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  ०६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !