site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्वदेश फर्किएपछि चन्द्र भण्डारीले भने– आगलागी सुरक्षाबारे पाठ्यक्रममै राख्नुपर्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले आगलागी सुरक्षाको विषयमा पाठ्यक्रममै समावेश गर्नुपर्ने बताएका छन् । 

भारतको मुम्बईस्थित नेसनल बर्न अस्पतालमा उपचार गराएर आइतबार साँझ स्वदेश फर्किएका भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरूसँग गाउँगाउँमा विद्युत तथा ग्यास पुगे पनि त्यसअनुसार पाठ्यक्रम परिमार्जन गर्न नसकेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

"हामीले जसरी प्रविधिको विकास भयो, गाउँगाउँमा विद्युत पुग्यो, गाउँगाउँमा ग्यास पुग्यो, त्यो अनुसार हामीले पाठ्यक्रममा कसरी सिकाउने भनेर राख्दै राखेनौँ । त्यसको सिकार म त भइसकेँ पनि अरूलाई कस्तो भएको होला । यस्ता विषयमा जनरल नलेज हामीले दिनुपर्दो रहेछ । हामी ठूला कुरा गर्ने, साना कुरा गर्दै नगर्ने, मसिना कुरा हेर्दै नहेर्ने गर्नाले आज प्रत्येक ठाउँमा यस्तो दुर्घटना भइरहेको छ," उनले भने ।

नेता भण्डारीले आफू थप उपचारका लागि भारत गएकै दिन नेपाल सरकारले अर्को बर्न अस्पताल बनाउने निर्णय गरेकोमा खुसी लागेको उल्लेख गर्दै त्यस अस्पताल निर्माणको नेतृत्व पनि गर्न चाहेको बताए ।

Global Ime bank

 

स्वास्थ्यमा सुधार हुँदै गएपछि उनी स्वदेशमै बसेर उपचार गर्ने गरी स्वदेश फर्किएका हुन् ।

उनी गत फागुन ३ गते खाना पकाउने ग्यास लिक भएर घाइते भएका थिए । सोही घटनामा घाइते भएकी नेता भण्डारीकी आमाको उपचारको क्रममा निधन भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  २०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement