site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कृषि क्षेत्रको बजेट कटौती, प्रधानमन्त्रीले कृषिमा चासो नदिएको मन्त्रीको गुनासो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो नदिएको बताएका छन् ।

आइतबार काठमाडौंमा पेसागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि मन्त्रालयको बजेट पनि कटौती गरेको भन्दै असन्तुष्टि जनाए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले कृषि मन्त्रालयको बजेट कटौती नगर्न अर्थमन्त्री डा. प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे पनि अर्थतन्त्र संकटमा रहेको भन्दै आवश्यक चासो नदिएको बताए । 

उनले कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भए पनि कृषि क्षेत्रमा लगानी गर्न सरकार कन्जुस बनेको बताए । कृषि क्षेत्रको विकासका लागि सिँचाइको व्यवस्था र बाँझो जमिनको उपयोगलाई बढाउनुपर्ने उनको भनाइ छ । 

Global Ime bank

"कृषि क्षेत्र हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो, हामी सबैलाई थाहा छ । कृषि क्षेत्र सबैतिर जोडिएको छ, सबैले भनिरहेका छौँ । तर त्यसमा लगानी गर्ने कुरामा सरकार कन्जुस छ । बजेट कृषिको पनि काटेको छ," उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement