site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारी कागजात किर्ते मुद्दामा पूर्व प्रदेश सांसद खातुन जेल चलान
Sarbottam CementSarbottam Cement

विराटनगर । ‘सरकारी सहीछाप र दस्तखत किर्ते’ मुद्दामा अदालतबाट दोषी ठहर भएकी कोसी प्रदेश सभाकी पूर्वसांसद गुलेफुन खातुन जेल चलान भएकी छन् ।

पहिलो प्रदेश सभामा उनी नेकपा (एमाले)बाट समानुपातिक सांसद थिइन् । फरार रहेकी खातुन शुक्रबार आफैँ जिल्ला अदालत मोरङमा उपस्थित भएकी थिइन् ।

खातुन कैद भुक्तानका लागि शुक्रबार नै मोरङ जिल्ला कारागार चलान भएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“उहाँ आफैँ अदालतमा उपस्थित हुनुभएको थियो । सम्मानित अदालतले तोकेको कैद भुक्तान गर्न आजै जेल चलान हुनुभएको छ,” उनले भने ।

खातनुले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन दिएकी थिइन् । तर, उच्च अदालतले जिल्लाकै फैसला सदर गरेको थियो ।

Global Ime bank

सर्वोच्च अदालतलेसमेत उनको निवेदनमा ०७९ जेठ २५ मा निस्सा नदिने आदेश दिएको थियो ।

सर्वोच्चबाट निस्सा नपाएपछि खातुन मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ को सुविधा माग गर्दै खातुन अदालतमा उपस्थित भएको सूचना अधिकारी बुढाथोकीले बताए । खातुनलाई एक वर्ष सजाय तय भएको थियो । खातुनले कानुनको पालना गर्न आफू अदालत उपस्थित भएको बताएकी छन् । 

सरकारी सहीछाप किर्ते मुद्दामा २०७४ वैशाख ३१ गते तत्कालीन जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सांसद खातुनसहित उनका श्रीमान शेख शिलबर मियाँ, तत्कालीन गाविसका कर्मचारी विजय कामत र दीपचन्द मण्डललाई एक वर्ष कैद र ५० रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो ।

कामत र मण्डललाई कर्मचारी भएका कारण थप दुई वर्ष सजायको फैसला भएको थियो । 

मोरङको साविक कदमाह गाउँ विकास समिति वडा नम्बर २ (हाल कटहरी–९) मा मधुसुधनराज पाण्डेको तीन बिगाह १० कट्ठा जग्गामा खातुनका ससुरा शेख धाइका मियाँको मोही हक रहेकोमा खातुनले तीन बिगाह १० कट्ठा मोही जग्गा पाउन भन्दै २०७१ चैत ४ गते तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको सिफारिस ल्याएकी थिइन् ।

एउटै दर्ता नम्बरका दुईवटा सिफारिस लिएको फेला परेपछि सरकारी कागजात किर्ते गरेको पुष्टि भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय