site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेको आरोप– ओलीमाथि बारम्बार आक्रमण हुन थाल्यो, प्रधानमन्त्री नै संरक्षक बने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अस्थिरतामाथि खेल्ने प्रयास गरेको आरोप लगाएका छन् । 

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी एमालेले अवाञ्छित गतिविधिलाई प्रधानमन्त्रीले नै संरक्षण गरेको आरोप लगाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पार्टीको तर्फबाट सञ्चारकर्मीहरूसँग बोल्दै पार्टीका उपमहासचिव विष्णु रिमालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि दिनप्रतिदिन आक्रमण बढिरहेको भन्दै अवाञ्छित गतिविधिमा प्रधानमन्त्री स्वयं संरक्षक बनेको बताए । 

"प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतामाथि बारम्बार आक्रमण भइरहँदा पनि सुरक्षा प्रशासन मूकदर्शक बनेको छ," उनले भने, "यस्ता अराजक गतिविधिलाई समयमा नै नसोच्ने हो भने विगतमाझैँ मनोमानी बढ्नेछ ।"

Global Ime bank

उनले समाज एक ढंगले अराजकतामा जाने स्थितिमा जान खोजेको बताए । उपमहासचिव रिमालले अहिलेको अस्थिरताको कारक प्रधानमन्त्री र नेकपा (माओवादी केन्द्र) नै रहेको दाबी गरे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय