site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद्‌मा अमरेशको आरोप : लडाकुको नाममा आधा पैसा माओवादीले खायो, अहिले पनि त्यही षडयन्त्र त होइन ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले पहिले माओवादीले लडाकुका नामा आधा पैसा खाएको भन्दै अहिले पनि त्यही गर्न लागेको छ भन्दै प्रश्न उठाएका छन् । 

उनले ०६३ यता ‘पम्फा देवी’को राज चलिरहेको भन्दै माओवादीले पनि लडाकुका नाममा भ्रष्टाचार गरेको बताए ।

उनले माओवादीले लडाकुका नामा बाडेको आधा पैसा पार्टीले नै बुझेको भन्दै अहिले बाड्न लागेको दुई लाखमा पनि एक लाख लिन खोजेको त होइन भन्ने शंका भएको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले ‘पम्फा देवी’को सम्पत्ति र कारोबार छानविन नगरे जनताका तर्फबाट विद्रोह हुने चेतावनी दिए । 

“भ्रष्टाचारको विषयमा उठाइरहेको छौँ । हामी के हौ, हामीले उठाएको प्रश्नको जवाफ सरकारले दिनु पर्दैन ? के संसद्प्रति सरकार उत्तरदायी हुनुपर्दैन ? रुलिङ होस् भ्रष्टाचारमा उठेको प्रश्नको जवाफ सरकारले दिनुपर्छ,” सिंहले भने, “भ्रष्टाचारका कारण यो सरकार र सरकारका मन्त्रीहरू जनताको बिचमा सुरक्षित छैनन् । ठाउँठाउँमा आक्रमण भइरहेको छ र ठूला आक्रमण भइरहेको छ ।” उनले मन्त्रीहरूको यस्तो अवस्था आउनुमा ‘पम्फादेवी’को भ्रष्टाचारले काम गरेको बताए । यस्तै धितोपत्र बोर्ड प्राइभेटलाई दिएर देशको अर्थतन्त्र विदेशीलाई बुझाउन खोजिएको उनले बताए । 

Global Ime bank

“०६३ यता जो ‘पम्फा देवी’ जन्मिएको छ –त्यो फम्फा देवीको कारबाहीका लागि अस्तिपनि गृहमन्त्रीलाई भनेको छु कि पम्फादेविको सम्पत्ति छानविन होस् । फम्फा देवीको कारोबार छानविन होस्,” सिंहले प्रश्न गरे “र, यो धितोपत्रबोर्डको अर्को लाइसेन्स प्राइभेटलाई दिन खोजिरहेको छ, के दूरसञ्चार  प्राधिकरण प्राइभेटलाई दिन मिल्छ ? सर्वोच्च अदालत प्राइभेटलाई दिन मिल्छ ? नेपाल सरकार प्रइभेटलाई दिन मिल्छ ? त्यसो भए प्रधानमन्त्रीसँग अनुरोध छ, उहाँको जिम्मेवारी नै प्राइभेटलाई दिउँ ।” 

उनले नेपालको राजनीति र अर्थतन्त्रमा पनि विदेशीको नियन्त्रण हुने अवस्था ल्याउन दखोजेको भन्दै आपत्ति जनाए । 

“मेरो मान्यता छ नेपालको लोकतन्त्र नेपालीको हातमा होस्, नेपालको अर्थतन्त्र नेपालीको हातमा होस् । नेपाल सरकारले अहिले नेपालको अर्थतन्त्र विदेशीको हातमा दिन खोज्दैछ,” अमरेसले भने, “नेपालको निजी क्षेत्र जसको लोयल्टी नेपालसँग छैन । विलेनियर भनिन्छ तर, नेपालमा कर तिरेको छैन ।” 

उनले भ्रष्टाचारको विरुद्धमा सिंगो संसद् उभिने समय आएको भन्दै सरकारले नै भ्रष्टाचार नियन्त्रण नगरे जनताले गर्ने बताए । 

“दलको आदेशमा भ्रष्टाचार यसरी नै कायम रह्यो भने जनताले खुद निर्णय गर्छ,” सिंहले भने, “हामी जनताको तर्फबाट त्यसको अगुवाइ गछौँ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय