site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निजी क्षेत्र हतोत्साही हुनु पर्दैन, अर्थतन्त्रमा योगदान बुझेका छौँ : अर्थमन्त्री महत
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने निजी क्षेत्रलाई सरकारले बाँध्न नखोजेको बताएका छन् । 

आगामी वर्षको बजेट निर्माणको चरणमा भएकोले सरकारले व्यावसायिक क्षेत्रमा भएका समाधान गर्न आफू दत्तचित्त भएर लागेको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार आईबीएन मिडिया एन्ड रिसर्चले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री महतले अब राष्ट्र बैंक र सरकार मिलेर काम गर्नुपर्ने बताए ।

“अहिले उद्योगी व्यवसायी समस्यामा परेको भन्ने कुरा जताततै छ । हामी समस्या हल गरेर अगाडि बढ्छौँ । मैले गर्न पर्ने ठाउँमा म गर्छु । तर, मैले मात्र गरेर केही हुँदैन,” उनले भने, “राष्ट्र बैंकले पनि केही गर्नुपर्ने हुन्छ । त्यो उसको पाटो हो । हामीले मिलेर अघि बढ्नुपर्छ ।”

Global Ime bank

खर्च नगर्दा पनि हुने ठाउँको खर्च कटौती गर्दै जाने र खर्च गरेर अर्थतन्त्र चलायमान बनाउनु पर्ने उनको भनाइ छ । करका विषयमा पनि सुधार गर्नुपर्ने भएकाले यसमा पनि सरकारले व्यापक सुधार गर्नुपर्नेमा आफू सजक रहेको उनले बताए ।

अर्थतन्त्र सुधारका लागि पार्टीहरूको बीचमा सहकार्य गरेर अगाडि बढ्ने पनि उनको भनाइ छ । रोजगारी बढ्न लगानी बढ्नुपर्ने भन्दै उनले निजी क्षेत्र फैलिए रोजगारी र करका दायरा बढ्ने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  २१:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC