अर्थ व्यवसाय
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विदेशी लगानीका लागि नेपाल तयारी अवस्थामा रहेको बताएका छन् । आइतबारबाट काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्री पुनले विदेशी लगानी स्वागत गर्न सरकार तयारी अवस्थामा रहेको बताए ।
"यो एउटा नीति निर्मातासँग प्रत्यक्ष सम्बन्ध बनाउने अवसर पनि हो," उनले भने, "नेपालमा लगानीका क्षेत्र पर्याप्त छन् । आइटी, पर्यटन, हाइड्रोमा विदेशी लगानी बढाएर फाइदा लिन सकिन्छ ।"
उनले विदेशी लगानीकर्तालाई स्वागत गर्न सरकार तयार रहेको बताएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१ ०९:५७
प्रतिक्रिया दिनुहोस्