बाह्रखरी फोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा रहेको महानगरीय प्रहरीको अस्थायी बिटमा डोजर चलाएको छ ।
महानगरीय प्रहरीका एसपी राजु पाण्डेका अनुसार सडक पेटीमै राखिएका प्रहरीका अस्थायी बिट हटाइएको जानकारी दिए ।
उनका अनुसार महानगरभित्र रहेको २२ वटा पेटीमा अवरोध गरेका बिट हटाइनेछ ।
पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या भएको हुँदा भत्काइएको बताए ।
“ठाउँको विषयमा हामीले नै होइन, वैकल्पिक व्यवस्था उहाँहरुले नै गर्ने हो,” पाण्डेले भने, “सडक र पेटीमा अवरोध भएका २२ वटा बिट लोकेट भएको छ ।”
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० १२:२२
प्रतिक्रिया दिनुहोस्