site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन तहको सरकार बनाउँदा पनि सिंहदरबारको सोचबाट मुक्त हुन सकेनौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशमा तीन तहको सरकार भए पनि केन्द्रीकृत मानसिकता परिवर्तन हुन नसकेको बताएका छन् ।

काठमाडौंको गोकर्ण रिसोर्टमा बाह्रखरी मिडियाले आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’मा प्रधानमन्त्री प्रचण्डले देश संघीयतामा गए पनि सिंदरबारको मानसिकतामा परिवर्तन आउन नसकेको बताएका हुन् । 

"आम जनतालाई आर्थिक र राजनीतिक क्रियकलापमा कसरी संलग्न गराउन सकिन्छ भनेर तीन तहको सरकार बनाइएको हो । तर, अहिले पनि हामी सिंहदरबारको सोचबाट मुक्त हुन सकेका छैनौँ," उनले भने ।

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधान समाजवाद र पुँजीवादका राम्रा कुरा मिलाएर बनाएको संविधान भएको पनि दाबी गरे ।

उनले नवउदारवाद र समाजवादका कुरा गर्दागर्दै पनि आम नेपालीको सोचमा अझै स्पष्टताको अभाव रहेको बताए ।

नेपालको आर्थिक, सामाजिक, दार्शनिक अध्ययन नगरी विदेशी नीति पछ्याउने क्रम चलेको भन्दै उनले यो उचित नहुने बताए । अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भएका मान्यताहरूका अध्ययन गर्नै पर्ने भए पनि नेपालका लागि आवश्यक नीतिलाई प्राथमिकतामा राख्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

"हामी विदेशीले विकास गरेका, दर्शन सिद्धान्तको अनुकरण गर्ने र नेपाली मान्यता गलत हो भन्ने धारणाबाट मुक्त हुनुपर्छ," प्रधानमन्त्री प्रचण्डले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ११:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro