बाह्रखरी फोटो

काठमाडौं । नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन् ।
सन्दीपले एसीसी प्रिमियर कपमा ओमानका आदिल सफिकलाई एलबिडब्लूको धरापमा गर्दै १०० विकेटको कोसेढुंगा पार गरेका हुन् । सन्दीपले ४२ खेलमा १०० विकेट लिएका हुन् ।
१०० विकेट लिएसँगै सन्दीपलाई टिमका अन्य खेलाडीहरूलाई काँधमा बोकेर खुसीयाली मनाएका थिए । १०० विकेट लिएका सन्दीपले दर्शकसामु अभिवादन पनि गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० १४:२२
प्रतिक्रिया दिनुहोस्