site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दोगडाकेदारमा हत्या प्रकरण : स्थानीय युवक नै संलग्न रहेको आशंका
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका–८ का ३८ वर्षीय वासुदेव जोशीको हत्यामा सोही गाउँका युवक संलग्न रहेका पाइएको छ ।

जोशीको गएको शनिबार राति ८ बजे गाउँनजिकै हत्या गरिएको अवस्थानमा शव फेलापरेको थियो । उनको हत्याको खबर पाउनासाथ बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो । घटनास्थलको प्रकृति हेर्दा जोशीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको खुल्न आएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

जोशीको हत्या घटनामा गाउँकै युवक संलग्न रहेको भन्दै ती युवकको नाम गोप्य राखिएको छ । संलग्न ती युवकले बाटो ढुकेर शनिबार राति करिब ८ बजेतिर धारिलो हतियार प्रहार गरेर जोशीको हत्या गरेको स्थानीय बासिन्दालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । पुरानो रिसिइबीका कारण ती युवकले जोशीको हत्या गरेका हुन सक्ने जनाइएको छ ।

केही महिनाअगाडि जोशी र हत्यामा संलग्न ती युवकका परिवारबीचको विवाद जिल्ला प्रहरी कार्यालयमा पुगेर मिलापत्र गराइएको खुल्न आएको छ । उक्त पुरानै विवादका कारण अहिले पनि घटना भएको प्रहरीको आशंका छ ।

Global Ime bank

संलग्न रहेका भनिएका युवक घटनालगत्तै फरार छन् । फरार ती युवकको खोजी जारी रहेको र छिट्टै नियन्त्रणमा लिइने प्रहरी निरीक्षक खत्रीको भनाइ छ ।

प्रहरी निरीक्षक खत्रीले भने, “फरार ती युवकको फोन लोकेसनलगायत आधारमा खोजी जारी छ । छिट्टै नियन्त्रणमा ल्याउँछौँ ।”

हत्या फरार रहेका ती युवकको मात्र नभई घटनामा अरू पनि संलग्न हुन सक्ने अनुमान प्रहरीको छ । जोशीको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  ११:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement