site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारी ‘डाटा सेन्टर’ले नै पाएका छैनन् राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालका सरकारी ‘डाटा सेन्टर’ले गुणस्तर मापनका लागि कुनै पनि स्वतन्त्र निकायबाट मान्यता नपाएको महालेखापरीक्षकको प्रतिवेदनले जनाएको छ ।

महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदनले डाटा सेन्टरले प्रदान गर्ने सेवाको अन्तर्राष्ट्रिय मापदण्डअनुसार परीक्षण गराएर गुणस्तर निर्धारण गरेको हुनुपर्ने उल्लेख गरेको छ ।

तर, एकीकृत डाटा केन्द्र र डिजास्टर रिकभरी केन्द्रले सञ्चालन प्रक्रिया र गुणस्तर सम्बन्धमा राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त स्वतन्त्र निकायबाट मान्यता प्राप्त नगरेको प्रतिवेदनमा उल्लेख छ ।

यसका साथै यी डाटा सेन्टरले टेलिकम्युनिकेसन्स इन्डस्ट्री एसोसिएसनको मापदण्डअनुसार स्तर निर्धारण प्रमाणपत्र पनि नलिएको पाइएको छ ।

यसकारण यी डाटा सेन्टरको पूर्वाधार वातावरण, सुरक्षा, पहुँच, प्रकोप व्यवस्थापन आदि दृष्टिकोणले प्राविधिक रूपमा सुरक्षित र सेवाको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको सम्बन्धमा आश्वस्त हुने अवस्था नभएको प्रतिवेदनमा उल्लेख छ ।

सरकारी एकीकृत डाटा केन्द्र र सोअन्तर्गत सञ्चालित डिजास्टर रिकभरी केन्द्रको मान्यता प्राप्त स्वतन्त्र निकायबाट गुणस्तर परीक्षण गराएर स्तर निर्धारणको प्रमाणपत्र लिने र मापदण्डहरूको पालना सम्बन्धमा आन्तरिक तथा बाह्य परीक्षण गराएर सेवाको गुणस्तर कायम गर्नुपर्ने महालेखापरिक्षकको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro