site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सवा दुई अर्ब लागतमा बनेका देशभरका सात होल्डिङ सेन्टर प्रयोगविहीन
फाइल फोटो : झापाको दुआगढीमा अवस्थित होल्डिङ सेन्टर । 

विराटनगर । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि निर्माण गरेका देशभरका सात होल्डिङ सेन्टर प्रयोगविहीन बनेका छन् ।

नेपाली सेनाले दुई अर्ब १६ लाख ३५ हजारको लगानीमा होल्डिङ सेन्टर निर्माण गरेको थियो । तर, कोभिड–१९ कै बेलासमेत ती सेन्टर प्रयोगमा आउन सकेका थिएनन् । कोभिडको तेस्रो लहरका बेला सेन्टर निर्माणाधीन थिए । भारतबाट आउने नेपाली तथा भारतीय नागरिकलाई होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण गर्नेसहितका सुविधा दिने उद्देश्य थियो । 

सरकारले झापा, मोरङ, पर्सा, कपिलबस्तु, बाँके, कैलाली र कञ्चनपुर जिल्लामा सातवटा सेन्टर स्थापना गरेको छ । सातवटा होल्डिङ सेन्टरको क्षमता एक हजार बेड रहेको छ ।

महालेखा परीक्षकको कार्यालयको ६०औँ प्रतिवेदनमा ती सेन्टर प्रयोगविहीन भएको उल्लेख छ । यस्ता सेन्टरलाई विपद् व्यवस्थापनमा प्रयोग गर्न सकिने महालेखाले सरकारलाई सुझाव दिएको छ । 

झापाको मेचीनगर र मोरङको विराटनगरमा अवस्थित सेन्टरको टोलीले सरकारी अधिकारीले समेत निरीक्षण गरेका थिए । गठबन्धनका तत्कालीन मुख्यमन्त्री राजेन्द्र राई विराटनगरस्थित सेन्टर हेर्न पुगेका थिए । यसैगरी आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की झापाको दुआगढी पुगेका थिए । सेन्टरहरूमा आपूर्ति गरिएका अक्सिजन आपूर्तिलगायत उपकरणको उचित प्रयोग गर्न सकिनेतर्फसमेत महालेखाले सरकारको ध्यानाकर्षण गराएको छ । 

संघीय सरकारको २२ करोड बजेटमा झापाको मेचीनगर नगरपालिका वडा नम्बर १४ को दुआगढीस्थित हडिया खोलाको उकास जमिनमा हनुमान कन्ट्रक्सन्सले सेन्टर निर्माण गरेको थियो । तेस्रो लहरका बेलासमेत निर्माण सम्पन्न नभएको सेन्टर त्ययतासमेत एकपटक पनि प्रयोगमा भने आएन ।

दुआगढीमा २२ वटा ब्लकमध्ये २० क्वारेन्टाइन, २ प्रशासन, १२ डायनिङ हल, २ प्रशासनिक किचन र एक सेन्ट्रल किचन रहेका छन् । २२ ब्लकलाई ट्वाइलेटसमेत निर्माण भएका छन् । 

हडिया खोलामा १२ बिघा उकास जमिनमध्ये चार बिघा क्षेत्र होल्डिङ सेन्टरलाई दिइएको हो । यता प्रदेश राजधानी विराटनगरमा भने विराटनगर जुटमिल्स नजिकै सेन्टर निर्माण भएको छ । झापाको काकडभिट्टा भएर आउने र मोरङमा जोगबनी भएर आउने सम्भावित कोरोना संक्रमितलाई होल्ड गर्न सेन्टर निर्माण भएको थियो । २८ करोड ९१ लाख बजेटमा विराटनगर–१६ को विराटनगर जुटमिल्स परिसरमा होल्डिङ सेन्टर निर्माणा भएको हो । 

अहिले दैनिक कोभिडका बिरामी दे‍खिन थालेपछि होल्डिङ सेन्टरको चर्चा फेरि सुरु भएको छ । तर, तिनको प्रयोग के कसरी हुन्छ भन्ने अझै अन्योल छ । भारतमा कोभिड बढ्न सुरु भए पनि कोसी प्रदेशका नेपाल–भारत सीमानामा कोभिड स्वास्थ्य परीक्षणलगायत काम सुरु गरिएको छैन । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  २०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro