बाह्रखरी फोटो
काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा आज बिहानदेखि जात्रा सुरु भएको छ। नयाँ वर्ष सुरु भएसँगै मध्यपुर थिमिमा जात्रा सुरु भएको हो ।
आज बिहानै मध्यपुर थिमिमा विभिन्न देवीदेवताहरूलाई खटमा राखेर बालकुमारी मन्दिर पुर्याएर नगर परिक्रमा गराइएको थियो । देवीदेवताको खटसँगै स्थानीयहरू हातमा राँको बोकेर सँगै परिक्रमा गरेको थियो ।
भोलि मध्यपुर थिमि र मध्यपुर थिमि वारिपारी गाउँबाट बालकुमारी मन्दिर लागेर सिन्दुर जात्रा मनाउने चलन छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८० ०८:०५
प्रतिक्रिया दिनुहोस्