site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद वैशाख ९ मा, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने 

काठमाडौं । बाह्रखरी मिडियाले वार्षिकरुपमा आयोजना गर्दै आएको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद वैशाख ९ गते काठमाडौंमा गर्ने भएको छ ।

उक्त कार्यक्रमको नाम ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ रहेको छ ।

एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद वैशाख ९ गते

बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका बारेमा जानकारी गराएको थियो ।

कार्यक्रममा दिइएको जानकारीअनुसार ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् ।

Global Ime bank

बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यका अनुसार कार्यक्रममा एक हजार पाँच सय बढी पाहुना उक्त कार्यक्रममा सहभागी हुनेछन् ।

baa1680432782.JPG

बाह्रखरीका कार्यकारी अध्यक्ष तथा  प्रधान सम्पादक प्रतीक प्रधानले खेल र आर्थिक क्षेत्रलाई जोड्नका लागि बाह्रखरीले यस्ता कार्यक्रम आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराए ।

“खेल र आर्थिक क्षेत्रलाई जोड्नका लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौं,” उनले भने, “बाह्रखरीले गरेको यो कामलाई अन्य मिडियालेसमेत सञ्चालन गर्न सक्छन् ।”

12kharigolf (2)1680432443.jpg

उनले खेलसँगै बाह्रखरीले वार्षिकरुपमा कथा प्रतियोगिता आयोजना गरेर साहित्यको क्षेत्रमा सहयोग पु¥याएको बताए ।

‘आर्थिक परिसंवाद’ कार्यक्रममा प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, गभर्नर, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख, पदाधिकारीसहित अर्थविद्, बैंकर, उच्च तहका कर्मचारी, व्यवसायीलगायत करिब चार सय पाहुना सहभागी हुनेछन् ।

कार्यक्रममा एकजना विज्ञबाट वर्तमान आर्थिक अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुख व्यक्तित्वको सम्बोधनपछि सरकारका प्रतिनिधिले जवाफ दिनेछन् ।

“‘अर्को चरणको आर्थिक सुधार’मा सहयोग पुगोस् भन्ने उद्देश्यले ‘आर्थिक परिसंवाद’ आयोजना गरिएको हो,” प्रधान सम्पादक प्रधानले भने, “‘आर्थिक परिसंवाद’ले सरकारले लिने सुधारको चरणलाई पनि सहयोग पुर्‍याउनेछ भन्ने हामीलाई लागेको छ ।”

“खेल र आर्थिक क्षेत्रलाई सँगै लैजाने प्रयासमा लागेका छौं । हामीलाई देखेर यस्ताखाले कार्यक्रम अन्य सञ्चारक्षेत्रले पनि आयोजना गर्न सक्नेछन्,” प्रधानले भने, “पत्रकारितामा सामाजिक दायित्व पनि हुन्छ । सोही दायित्व बहन गर्ने उद्देश्यसाथ बाह्रखरीले गल्फ र कथालाई समेट्ने प्रयास गरेको हो । हाम्रो कार्यक्रममा जोडिनु भएका सम्पूर्णमा धन्यवाद व्यक्त गर्न चाहन्छु ।”

पत्रकार सम्मेलनमा कर्पोरेट गल्फ प्रतियोगितामा विजेतालाई प्रदान गरिने ‘सुनको बल’ सार्वजनिकीकरण गरिएको थियो ।

गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले ‘सुनको बल’ सार्वजनिकीकरण गरेका थिए भने बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले सहजीकरण गरेका थिए ।

12kharigolf (5)1680432448.jpg

पत्रकार सम्मेलनमा गोकर्ण गल्फ क्लबका निर्देशक दीपक आचार्यले कार्यक्रम सुरु गर्नुभन्दा पनि निरन्तरता ठूलो कुरा भएको बताउँदै बाह्रखरीले विगत पाँच वर्षदेखि निरन्तरता दिएको भन्दै प्रशंसा गरेका थिए ।

प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी ‘कर्पोरेट’ गल्फर पनि उपस्थित हुनेछन् । 

gggg1680432784.JPG

प्रतियोगिताामा सहभागी गल्फरहरुले गोकर्ण गल्फ क्लबको १८ होलमा ‘स्टेबल फोर्ड फम्र्याट’मा प्रतिस्पर्धा गर्नेछन् । 

“बाह्रखरीले यसलाई पाँच वर्षदेखि निरन्तरता दिएको छ, योपटक आर्थिक क्षेत्र र खेललाई अगाडि बढाएको छ,” आचार्यले भने, “बाह्रखरीले आयोजना गर्ने यो कार्यक्रम गल्फ प्रतियोगिताकै सबैभन्दा महत्त्वपूर्ण हो ।”

12kharigolf (6)1680432448.jpg

आचार्य सो प्रतियोगिताका सञ्चालक पनि हुन् । आचार्यले दिएको जानकारीअनुसार एनसेल बाह्रखरी गल्फ प्रतियोगितामा एक सय दश जनासम्म खेलाडी सहभागी हुन सक्नेछन् ।

“खेलाडी छनोट साह्रै गाह्रो काम हो,” उनले भने, “यो महत्त्वपूर्ण कार्यक्रम भएकाले धेरैजनाले खेल्ने इच्छा व्यक्त गर्नु स्वाभाविक हो तर एक दिनमा सम्भव छैन ।”

ffff1680432783.JPG

उनका अनुसार काठमाडौंमा चारसय बढी कर्पोरेट गल्फरहरु छन् त्यसमध्ये अधिकांश यो खेलमा सहभागी हुन चाहन्छन् ।

यस प्रतियोगितामा ‘खेलाडी छनोट समिति’ले छनोट गरेका खेलाडीलेमात्रै भाग लिन पाउनेछन् ।

१८ होलमा स्टेबल फोर्ड फर्म्याटमा प्रतिस्पर्धा हुनेछ । 

यसको अर्थ कुनै पनि होलमा तोकिएको भन्दा बढी स्ट्रोक हान्न पाइने छैन । यस नियमले ठूलो प्रतियोगितामा समयको बचत गर्दछ ।

dddd1680432783.JPG

कुनै प्रतियोगीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरे भने ‘होल इन वन’ पुरस्कारका रूपमा ‘हुन्डे’ को ‘भेन्यू’ गाडी प्राप्त गर्नेछन् ।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मन्च(एनएसजेएफ)का अध्यक्ष देवेन्द्र सुवेदीले बाह्रखरीले आयोजना गर्ने यो कार्यक्रमले खेल र आर्थिक क्षेत्रकै अति महत्त्वको भएको बताए ।

“बाह्रखरीले आर्थिक क्षेत्रलाई जोड्न खोजेको छ । सगरमाथा क्षेत्रमा भएको गल्फले विश्वव्यापी प्रचार पायो र रेकर्ड कायम भयो,” उनले भने, “यसले नेपालको विश्वव्यापी प्रचार भयो भने खेल क्षेत्रले पनि महत्त्व प्राप्त गर्‍यो । सगरमाथा क्षेत्रमा भएको गल्फले विश्वव्यापी प्रचार भएको हुँदा देशले नै अन्तर्राष्ट्रिय मञ्चमा चर्चा पाएको छ ।”

आर्थिक पत्रकार समाज(सेजन) का अध्यक्ष जनार्दन बरालले बाह्रखरी मिडियाले गर्ने यो कार्यक्रम कर्पोरेट हाउसलाई जोड्ने माध्यम बनेको बताए । 

aaa1680432780.JPG

“आर्थिक क्षेत्रमा सरकारले प्रयाप्त बहस नचलाउँदा बाह्रखरीले थालेको यो कार्यक्रम सराहनीय छ,” बरालले भने । 

नेपाल आर्थिक पत्रकार संघ(नाफिज)का अध्यक्ष मोदनाथ ढकालले बाह्रखरीले खेल पर्यटनलाई अगाडि बढाउन सफल भएको भन्दै प्रसंसा गरे ।

baa1680432782.JPG

“बाह्रखरीले गरेको गल्फ अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कभरेज भएको हुँदा देशले नै गौरव गर्ने प्रतियोगिता भएको छ,” ढकालले भने । 

कार्यक्रममा बाह्रखरी मिडियाका प्रबन्ध सम्पादक राजेश केसीले खेलमा सहयोग पुर्‍याउने सहयोगी संस्था तथा उपस्थित पाहुनालाई धन्यवाद व्यक्त गरेका थिए ।

12kharigolf (4)1680432445.jpg

‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रम सम्पन्न गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल टुरिजम बोर्डसँग सहकार्य गरेका छन् ।

त्यसैगरी, ग्लोबल आईएमई बैंक, सिभास रिगल, भाटभटेनी सुपरमार्केट, माछापुच्छ्रे बैंक, शिखर इन्स्योरेन्स, सिटी एक्सप्रेस, बीएमडब्लू, प्रभु बैंक र फलानो लुगा (नेपालमै बन्या) प्रायोजक रहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu