खेल

काठमाडौं । ट्वान्टी–२० महिला विश्वकप छनोटमा नेपालको पहिलो खेल रद्द भएको छ । शुक्रबार छनोटअन्तर्गत बैंककको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी रंगशालामा खेल हुने तालिका थियो ।
भारी वर्षाका कारण मैदान अयोग्य भएपछि विश्वकपको क्षेत्रीय छनोटअन्तर्गत एसियन छनोटमा हङकङसँगको खेल रद्द भएको हो । थाइल्यान्ड क्रिकेट एसोसिएसनले अघिल्लो रातमा परेको अत्यधिक वर्षाले मैदानको केही भाग ओसिलो बनेको जनाएको छ ।
खेल रद्द गरिएसँगै दुवै टोलीले समान एक अंक पाएका छन् । अब नेपालले शनिबार (भोलि) बहराइनसँग खेल्नेछ ।
यो खेल थाइल्यान्डस्थित तेर्थदा क्रिकेट रंगशालामा स्थानीय समयानुसार बिहान ९ बजेदेखि हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२ १३:५८
प्रतिक्रिया दिनुहोस्