site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद वैशाख ९ गते

काठमाडौं । ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’को छैटौँ संस्करण आउँदो वैशाख ९ गते हुने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले कर्पोरेट गल्फसँगै आर्थिक परिसंवाद (इकोनोमिक सिम्पोजियम) कार्यक्रमको आयोजना गरिएको जानकारी गरायो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख ९ गते बिहान गोकर्ण गल्फ कोर्स तथा गोकर्ण फरेस्ट रिसोर्टमा प्रतियोगिता र परिसंवादको शुभारम्भ गर्ने कार्यक्रम छ । परिसंवादमा देशका आर्थिक क्षेत्रका दिग्गज व्यक्तित्व सहभागी हुनेछन् । गल्फ प्रतियोगितामा प्रतिष्ठित कर्पोरेट क्षेत्रका व्यवसायीले प्रतिस्पर्धा गर्ने बाह्रखरी मिडियाले जनाएको छ ।

पत्रकार सम्मेलनमा कर्पोरेट गल्फ प्रतियोगितामा प्रदान गरिने प्रथम पुरस्कार सुनको बल समेत सार्वजनिक गरियो ।

Dabur Nepal
NIC Asia

गल्फ प्रतियोगिता ‘कर्पोरेट’ व्यक्तित्वबीच हुनेछ । आर्थिक परिसंवादमा देशभरबाट विशिष्ट व्यक्तित्व, अर्थविद्, बैंकर, उद्यमीलगायत व्यक्ति सहभागी हुनेछन् ।

प्रतियोगितामा करिब सय गल्फरले भाग लिनेछन् । काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी कर्पोरेट गल्फर पनि सहभागी हुनेछन् ।

338162340_587678003394655_1961797137847497679_n1680425919.jpg

गल्फ खेलको माध्यमबाट आर्थिक र सामाजिक सचेतना अभिवृद्धि गराउन बाह्रखरी मिडियाले हरेक वर्ष देशका फरक–फरक स्थानमा कर्पोरेट गल्फ प्रतियोगिता गर्दै आएको छ । यसअघि, पोखरा, धरान सगरमाथा क्षेत्रको कोङ्दे रीमा प्रतियोगिता गरिएको थियो । पहिलो दुई संस्करण गोकर्ण गल्फ कोर्समै  सम्पन्न भएका थिए ।

प्रतियोगिताको अल–राउन्ड विजेताले एक तोला सुनले बनेको गल्फ बल तथा अरू पुरस्कार प्राप्त गर्नेछन् । विभिन्न विधाका विजेताले ट्रफी तथा प्रमाणपत्र पाउनेछन् ।

कुनै प्रतियोगीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरे ‘होल इन वन’ पुरस्कारका रूपमा ‘हुन्डे’ को ‘भेन्यू’ गाडी प्राप्त गर्नेछन् ।

प्रतियोगीले गोकर्ण गल्फ क्लबको १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन् ।

338229293_1179693926070489_6300370885155031561_n1680425987.jpg

आर्थिक परिसंवादमा प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, गभर्नर, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख, पदाधिकारीसहित अर्थविद्, बैंकर, उच्च तहका कर्मचारी, व्यवसायीलगायत करिब चार सय पाहुना सहभागी हुनेछन् ।

कार्यक्रममा एक विज्ञबाट वर्तमान आर्थिक अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय छ । विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुख व्यक्तित्वको सम्बोधनपछि सरकारका प्रतिनिधिले जवाफ दिनेछन् ।

कार्यक्रममा प्रस्तुत गर्ने हेतुले बाह्रखरी मिडियाले मुलुकको ‘वर्तमान आर्थिक अवस्था र संकट’ समाधानका सन्दर्भमा चार सयभन्दा बढी व्यवसायी तथा सर्वसाधारणको धारणा संकलन गरेको छ । ती धारणामध्येबाट केही प्रतिनिधि आवाजको भिडियो पनि विषयगत सेसनका क्रममा प्रस्तुत गरिनेछ । कार्यक्रममा गल्फ खेलाडीसहित करिब १५ सय पाहुना उपस्थित हुने अनुमान छ ।

337912963_1354207105137057_4881649710967470512_n1680426269.jpg

एनसेलले विगत चार वर्षदेखि प्रतियोगितामा सहकार्य गर्दै आएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल टुरिजम बोर्डसँग सहकार्य गरिएको छ ।

ग्लोबल आईएमई बैंक, सिभास रिगल, भाटभटेनी सुपरमार्केट, माछापुच्छ्रे बैंक, शिखर इन्स्योरेन्स, सिटी एक्सप्रेस, बीएमडब्लू, प्रभु बैंक र फलानो लुगा प्रायोजक रहेका छन् ।

337798306_3092470701057840_6668292023084895523_n1680426010.jpg

विज्ञप्ति पढ्नोस्–
एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद छैटौँ संस्करण काठमाडौंमा

आदरणीय पत्रकार महोदय,
नेपालका व्यावसायिक र आर्थिक क्षेत्रका अग्रणी व्यक्तित्वलाई एकैथलोमा ल्याएर खेल प्रवर्द्धन र आर्थिक गतिविधि अभिवृद्धि गराउने उद्देश्यको विशेष कार्यक्रम ‘एनसेलको प्रस्तुति बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ यस वर्ष छैटौँ संस्करणमा प्रवेश गरेको जानकारी गराउन चाहन्छौँ ।

विगत ६ वर्षदेखि मुलुकका प्रतिष्ठित उद्योगी तथा व्यवसायीबीच बाह्रखरी मिडियाले प्रतिस्पर्धा गराउँदै आएको ‘कर्पोरेट गल्फ’ प्रतियोगिताको अर्को संस्करणका बारेमा यहाँहरूसमक्ष जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौँ ।

बाह्रखरी मिडियाले नयाँ वर्ष २०८० वैशाख ९ अर्थात् अप्रिल २२, २०२३ मा काठमाडौंमा एनसेल बाह्रखरी कर्पोरेट गल्फसँगै आर्थिक परिसंवाद (इकोनोमिक सिम्पोजियम) कार्यक्रमको आयोजना गरेको छ ।

देशका आर्थिक क्षेत्रका दिग्गज व्यक्तित्व सम्मिलित हुने र देशको आर्थिक दिशानिर्देश गर्ने परिसंवाद तथा प्रतिष्ठित कर्पोरेट क्षेत्रका व्यवसायीहरूले प्रतिस्पर्धा गर्ने गल्फ प्रतियोगिताको शुभारम्भ सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट गोकर्ण गल्फ कोर्स तथा गोकर्ण फरेस्ट रिसोर्टमा वैशाख ९ गते बिहान हुनेछ ।  

कर्पोरेट गल्फ प्रतियोगितामा प्रदान गरिने प्रथम पुरस्कार ‘सुनको बल’ सार्वजनिकीकरण चैत १९ गते आइतबार गरिएको छ ।

गल्फ प्रतियोगिता ‘कर्पोरेट’ व्यक्तित्वबीच हुनेछ । आर्थिक परिसंवाद (इकोनोमिक सिम्पोजियम) मा देशभरबाट विशिष्ट व्यक्तित्व, अर्थविद्, बैंकर, उद्यमीलगायत व्यक्तित्वको सहभागिता रहनेछ ।

करिब सयजना गल्फरले भाग लिने यस प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी ‘कर्पोरेट’ गल्फर पनि उपस्थित हुनेछन् ।

गल्फ खेलको माध्यमबाट आर्थिक र सामाजिक सचेतना अभिवृद्धि गराउन बाह्रखरी मिडियाले हरेक वर्ष देशका फरक–फरक स्थानमा ‘कर्पोरेट गल्फ’ प्रतियोगिता गर्दै आएको छ । यसअघि, पोखरा, धरान सगरमाथा क्षेत्रको कोङ्दे रीमा प्रतियोगिता गरिएको थियो ।

पहिलो दुई संस्करण यसै स्थान अर्थात् गोकर्ण गल्फ कोर्समै  सम्पन्न भएका थिए ।

‘कर्पोरेट’ क्षेत्रका खेलाडीबीच हुने यो प्रतियोगिता देशकै प्रतिष्ठित प्रतियोगिता भएको र यसका अल–राउन्ड विजेताले एक तोला सुनले बनेको गल्फ बल तथा अन्य पुरस्कार प्राप्त गर्नेछन् । साथै, अन्य विभिन्न विधामा विजेताले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कुनै प्रतियोगीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरे भने ‘होल इन वन’ पुरस्कारका रूपमा ‘हुन्डे’ को ‘भेन्यू’ गाडी प्राप्त गर्नेछन् ।

गोकर्ण गल्फ क्लबको १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन् । यसको अर्थ कुनै पनि होलमा तोकिएको भन्दा बढी स्ट्रोक हान्न पाइने छैन । यस नियमले ठूलो प्रतियोगितामा समयको बचत गर्दछ ।

हरेक वर्ष गल्फ खेलको माध्यमबाट आर्थिक र सामाजिक सचेतना अभिवृद्धि गराउनु नै बाह्रखरी मिडियाको मुख्य उद्देश्य हो । त्यसैले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि गल्फ प्रतियोगितासँगै ‘आर्थिक परिसंवाद’ कार्यक्रम आयोजना गरिएको छ ।

‘आर्थिक परिसंवाद’ कार्यक्रममा प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, गभर्नर, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख, पदाधिकारीसहित अर्थविद्, बैंकर, उच्च तहका कर्मचारी, व्यवसायीलगायत करिब चार सय पाहुना सहभागी हुनेछन् ।

कार्यक्रममा एकजना विज्ञबाट वर्तमान आर्थिक अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुख व्यक्तित्वको सम्बोधनपछि सरकारका प्रतिनिधिले जवाफ दिनुहुनेछ ।

‘अर्को चरणको आर्थिक सुधार’मा सहयोग पुगोस् भन्ने उद्देश्यले ‘आर्थिक परिसंवाद’ आयोजना गरिएको हो ।

‘आर्थिक परिसंवाद’ले सरकारले लिने सुधारको चरणलाई पनि सहयोग पु¥याउनेछ भन्ने हामीलाई लागेको छ ।

यस कार्यक्रममा प्रस्तुत गर्ने हेतुले बाह्रखरी मिडियाले मुलुकको ‘वर्तमान आर्थिक अवस्था र संकट’ समाधानका सन्दर्भमा चार सय बढी व्यवसायी तथा सर्वसाधारणको धारणा समेटेर ल्याएको छ । ती धारणामध्येबाट केही प्रतिनिधि आवाजको भिडियोहरू पनि विषयगत सेसनका अगाडि प्रस्तुत हुनेछन् ।

बाह्रखरी मिडियाले प्रत्येक वर्ष आयोजना गर्दै आएको गल्फ प्रतियोगितामा एनसेलले गल्फ खेलको माध्यमबाट देशको आर्थिक, सामाजिक र पर्यटनलगायत क्षेत्रको विकासमा योगदान पुर्‍याउन प्रमुख प्रायोजकका रूपमा विगत चार वर्षदेखि हामीसँग सहकार्य गर्दै आएको छ ।

यो वर्ष आयोजना गरिएको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा गल्फ खेलाडीसहित करिब १५ सय पाहुना उपस्थित हुने अनुमान छ ।

‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रम सम्पन्न गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल टुरिजम बोर्डसँग सहकार्य गरेका छन् ।

त्यसैगरी, ग्लोबल आईएमई बैंक, सिभास रिगल, भाटभटेनी सुपरमार्केट, माछापुपुच्छ्रे बैंक, शिखर इन्स्योरेन्स, सिटी एक्सप्रेस, बीएमडब्लू, प्रभु बैंक र फलानो लुगा प्रायोजक रहेका छन् ।

एनसेल बाह्रखरी गल्फमा विगत वर्षहरूमा पनि नेपाल पर्यटन बोर्ड, भाटभटेनी सुपरमार्केट, सिभास रिगल, हुन्ड्याई मोटर्स (बीएमडब्लू) प्रभु बैंकको सहयोग रहेको थियो ।

बाह्रखरी मिडियाले अघिल्लो वर्षको फागुन १३ र १४, २०७८ अर्थात् फेब्रुअरी २५ र २६, २०२२ मा कोशी प्रदेशको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गरेको थियो । साथै, सोही समयमा विराटनगरमा ‘आर्थिक सम्मेलन’ र इटहरीमा ‘युवा उद्यमी सेमिनार’ आयोजना गरिएको थियो ।

कोभिड–१९ ले पर्यटन क्षेत्रलाई आक्रान्त पारेको अवस्थामा बाह्रखरी मिडियाले दुई वर्षअघि पर्यटकीय राजधानी पोखराको पर्यटनमा नवीन ऊर्जा सञ्चार गराउने उद्देश्यले ‘कर्पोरेट गल्फ’ आयोजना गरेको थियो ।

सो कार्यक्रम तथा प्रतियोगिताले सम्पूर्ण पर्यटन क्षेत्रलाई नै उत्साहित र सकारात्मक गति प्रदान गरेको बारेमा जानकारी गराउन पाउँदा गौरवान्वित महसुस गरेका छौँ ।

त्यसैगरी, तीन वर्षअघि कोशी प्रदेशमा अवस्थित सगरमाथा क्षेत्रको कोङदे रीमा एनसेल बाह्रखरी गल्फ आयोजना गरेका थियौँ ।

उक्त प्रतियोगिता विश्वकै सबैभन्दा उचाइमा (४,२५० मिटर) गरिएको पहिलो प्रतियोगिता थियो, जसको समाचार विश्वका दुई सय बढी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सम्प्रेषण गरेका थिए । करिब १५ देशका पत्रकार त्यस खेलको समाचार संकलनका लागि नेपाल आएका थिए ।

अमेरिकाबाट प्रकाशित हुने संसारकै सर्वोत्कृष्ट म्यागेजिन ‘गल्फ डाइजेस्ट’ले यो समाचारलाई कभरसहित ८ पेजमा विस्तृत विवरण प्रकाशित गरेको थियो ।

थप जानकारीका लागि– 
शर्मिष्ठा पण्डितः ९८४१८९००७२
दीपक शर्माः ९८०१८४९६०८

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro