site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इतिहास दोहोर्‍याउने विराटनगरको रणनीति, नयाँ रच्ने योजनामा भारतको लुका सकर
विराट गोल्डकप फुटबलको फाइनलअघि प्री–म्याच कन्फ्रेन्समा फाइनल पुगेका क्लबका खेलाडी तथा कप्तान । 

विराटनगर । विराट गोल्डकपको सातौँ संस्करणमा फाइनल पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेलु टिम विराटनगर सिटी (बीसीएफ) दुवै टिम उपाधि जित्नेमा आत्मविश्वासी देखिएका छन् ।

केरलाको लुका सकर पहिलोपटक नेपालमा गोल्डकपको उपाधि जित्ने तयारीसहित मैदानमा उत्रिँदा घरेलु समर्थकको साथ लिएर विराटनगर उपाधिलाई घरमै राख्ने लक्ष्यमा हुनेछ । प्रतियोगिताको अन्तिम खेलअघि बुधबार ‘प्री–म्याच कन्फ्रेन्स’मा दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधिका लागि खेल्ने प्रतिक्रिया दिए ।

विराटनगरका प्रशिक्षक सन्तोष न्यौपानले घरेलु मैदानमा विराट गोल्डकपमा टिमको लक्ष्य उपाधि जित्नु रहेको बताउँदै भने, “प्रतियोगिताको फाइनलमा पुगेका छौँ । उपाधि उचाल्ने प्रयास रहने छ ।”

विराटनगरका कप्तान विशाल श्रेष्ठले पाहुना टिमका खेलाडी शारीरिक रुपमा सशक्त रहेकाले उपाधि भिडन्तमा प्राविधिक खेल प्रस्तुत गर्ने प्रतिकृया दिए । “लुका सकर राम्रो टिम हो । अग्ला कदका खेलाडी छन् । त्यही भएर हामी टेक्निकल खेल प्रर्दशन गर्नेछौँ,” विशाल भन्छन् ।

नेपालमा पहिलो गोल्डकप खेल्न आएको लुका सकर क्लब भारतीय राज्य केरलाको प्रिमियर लिगको पाँचौँ स्थानमा छ । क्लबका प्रशिक्षक नभास नोकाले फाइनलमा पनि पुरानै लयलाई निरन्तरता दिँदै उपाधिका लागि खेल्ने बताए ।

नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने बताउँदै भने, “हामीलाई थाहा छ, यो धेरै प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले हामीले मेहनतसाथ खेल्नु छ ।”

साविक विजेता एपीएफ र लिग खेल्दै आएको ‘ए’ डिभिजनको टिम संकटालाई जित्दै फाइनलसम्मको यात्रा तय गरेका कारण पनि प्रशिक्षक नोका उपाधि जित्नेमा विश्वस्त देखिन्थे ।

केरलाका कप्तान अर्सादले प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेकोले नेपालको दर्शकको साथ र समर्थनले गोल्डकपको फाइनलको उपाधि जित्ने दाबी गरे । “हाम्रो खेलले नेपाली दर्शकको मन जित्नेमा आशावादी छौँ,” उनले भने ।

विराटनगरले प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लबलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । विराटनगरले क्वार्टरफाइलनमा नेपाल पुलिसलाई १–० ले र सेमिफाइनलमा जावलाखेलको चुनौती २–१ ले पन्छाउँदै फाइनलसम्मको यात्रा तय गरेको हो ।

यता, प्रतियोगितामा पहिलोपटक सहभागी भएको केरलाले क्वार्टरफाइनलमा संकटा क्लबलाई सडनडेथमा ८–७ ले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो । सेमिफाइनलमा केरलाले साविक विजेता विभागीय टिम एपीएफलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

घरेलु टोली तेस्रोपटक प्रतियोगिताको उपाधि नजिक पुगेको हो । यसअघि २०१८ सालमा तत्कालीन महेन्द्र गोल्डकपमा घरेलु टिम मोरङ–११ नाममा फाइनलमा पुगेको थियो । तर, फाइनलमा भारतको कोलकातासँग पराजित भएपछि मोरङ–११ ले त्यसबेला उपविजेतामा चित्त बुझाएको थियो ।

तर, त्यसको अर्को संस्करण २०१९ सालमा पनि फाइनलसम्मको यात्रा तय गरेको मोरङ–११ ले त्यसबेला भने उपाधि पनि जित्यो । त्यसपछि विभिन्न उतारचढाव पार गर्दै प्रतियोगिताको सातौँ संस्करणसम्म आइपुग्दा घरेलु टिमले ६१ वर्षपछि फाइनलमा स्थान बनाएको हो ।

गत वर्षको लिग विजेता मछिन्द्र क्लबको सेटलाई मैदानमा उतारेको आयोजक विराटनगरले सेमिफाइनलमा विमल घर्तीमगरलाई पनि पहिलो रोजाइमा राखेको थियो । सेमिफाइनलमा संकटालाई २–१ ले हराउँदा दुवै असिस्ट विमलले नै गरेका थिए ।

सहिद रंगशालामा उपाधि भिडन्त बिहीबार साँझ ६ः४५ बजेदेखि सुरु हुनेछ ।

चैत ९ देखि सुरु भएको प्रतियोगिताको विजेताले २० लाख १५ हजार र उपविजेता १० लाख १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट प्रशिक्षक, गोलकिपर, मिडफिल्डर, रक्षक, फरवार्ड, उच्च गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्ड सबैले जनही २५÷२५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

२०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता २०५७ सालदेखि विराट गोल्डकपको रूप परिवर्तन भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro