site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रशिक्षक एनेस भन्छन्– खेलाडी विदेशिनु नेपाली फुटबलका लागि दुःखको कुरा हो
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले खेलाडी विदेशिनु नेपाली फुटबलका लागि दुःखको कुरा भएको बताएका छन् ।

प्रधानमन्त्री त्रिदेशीय कपमा मंगलबार भुटानसँग १–१ को बराबरीमा रोकिएपछि नेपाली टिमका प्रशिक्षक एनेसले यस्तो प्रतिक्रिया दिएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भुटानले अग्रता लिएपनि अन्तिम मिनेटमा नेपालबाट गोल व्यहोर्दा बराबरीमा रोकिएको थियो । अन्तर्राष्ट्रिय फुटबलमा नेपाली टिमविरुद्ध भुटानले पहिले अग्रता बनाएको र बराबरी खेलेको यो पहिलो पटक हो ।

प्रशिक्षक एनेसले नेपाली टिमले पछिल्लो खेलको तुलनामा निकै सुधार गरेका बताए ।

“हामीले यसअघि नै फाइनलमा स्थान बनाइसकेका थियौँ । यसैकारण हामी विश्वस्त थियौं । पहिलो हाफ खराब भयो । तर दोस्रो हाफमा हामीले डोमिनेट गर्‍यौँ । पोसेसन राख्यौं र तीन–चार महत्वपूर्ण मौका बनायौँ” प्रशिक्षक अल्बर्टो एनेसले भने, “मलाई लाग्छ हामीले राम्रो गर्‍यौँ । अर्को गोल भए पनि अफसाइट भयो । हामीले अञ्जन र डांगीबाट उत्कृष्ट मौकाको श्रृजना गरेका थियौं । अब हामी अर्को खेलमा केन्द्रित हुनेछौँ ।”

एनेसले नेपाली टिम युवा भएकाले आउदा दिनमा राम्रो हुनसक्ने प्रतिक्रिया दिए ।

“दीपक २३ वर्ष, मनिष २१ वर्ष, आयुष १९ वर्ष, अञ्जन २४ वर्षका छन् । हामीले आगामी दिनमा राम्रो गर्न सक्छौँ । जति गल्ती भयो, त्यसबाट सिक्ने हो । मलाई लाग्छ हामीले पछिल्लो खेलमा भन्दा आज राम्रो गर्‍यौँ,” प्रशिक्षक एनेस थप्छन् ।

“यो हप्ता हामीले तीन खेलाडी गुमायौं । उनीहरू राम्रो अवसरका लागि विदेशिए । यो निकै निराशजनक कुरा हो । नेपाली फुटबलको यो दुःखद कुरा हो, ।”

यस्तै, नेपाली टिमका कप्तान किरणकुमार लिम्बुले पहिलो हाफमा टिम केही कमजोर देखिएको स्वीकार गरे ।

“पहिलो हाफमा केही कमजोर भयो । मिस कम्युनिकेसन भयो । मिस्टेक्ली भुटानका अनमार्क रहेका खेलाडीबाट गोल खान पुग्यौ । दोस्रो हाफमा हामीले हाम्रो कमजोरीलाई सुधार्‍यौ । मौका पनि धेरै बनायौं,” कप्तान किरणले भने, “हामी फाइनलमा पुगिसकेका छौँ । आजको खेल हाम्रो लागि सक्कियो । अब फाइनलको तयारीमा लाग्नेछौं ।”

किरणले पहिलो हाफमा टिम धेरै आत्मविश्वासी बन्दा प्रदर्शन राम्रो हुन नसकेको बताए ।

“फुटबलमा कहिलेकाही नतिजा यस्तै आउँछ । पहिलो हाफमा धेरै आत्मविश्वासी भयौँ जस्तो लाग्छ । तर, गल्तीहरूबाट नै सिक्ने हौं । हामीले हाम्रो गल्ति चिनिसकेका छौं र आगामी दिनमा हामी यस्ता कुराहरुका लागि तयारी गर्नेछौं । फुटबल जति नै राम्रो खेले पनि अन्तिममा नतिजाको मुल्यांकन हुने हो । आज हारेको भए भुटानसँग हार्‍यो भन्ने आउँथ्यो । मेरो लागि नतिजाले महत्व राख्छ,” किरणले थपे ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  २३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro