site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालविरुद्ध पहिलो हाफमा भुटानको अग्रता
Tiktok banner adTiktok banner ad

काठमाडौं । भुटानले अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपटक नेपालविरुद्धको पहिलो हाफमा अग्रता बनाएको छ । 

प्रधानमन्त्री त्रिदेशीय कपमा नेपालविरुद्ध खेलिरहेको भुटानले पहिलो हाफमा १–० को अग्रता बनाएको हो ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा जारी खेलको १९औँ मिनेटमा तेन्जिङ नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाए । 

दावा छिरिङले गरेको कर्नर प्रहारमा बकस भित्र रहेका तेन्जिङ नोर्बुले लोवर हेडर गोल गर्दै भुटानलाई अग्रता दिलाएका हुन् ।

गोल बेहोरेपछि आक्रमण बुन्ने प्रयास गरे पनि नेपालले भुटानको पोस्टमा डरलाग्दो आक्रमण बुन्न सकेन । पहिलो हाफमा नेपालले कुनै पनि समय मिडफिल्डमा बल नियन्त्रणमा राख्न सकेन ।

अन्तर्राष्ट्रिय फुटबलमा भुटानले पहिलोपटक नेपालविरुद्ध पहिले अग्रता बनाएको हो । नेपालले भुटानविरुद्ध खेलेका यसअघिका १२ खेलमध्ये कुनै पनि खेलमा पहिले गोल बेहोरेको थिएन । यस्तै, भुटानविरुद्ध नेपाल हालसम्म अपराजित छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro