खेल

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बंगलादेशविरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ । बंगलादेशको ढाकामा जारी खेलको आठौँ मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।
सेनुले मैदानको मध्यभागबाट एक्लै बंगलादेशका दुई रक्षकलाई छक्याउँदै उत्कृष्ट ‘सोलो’ गरिन् ।
प्रतियोगितामा नेपालको यो चौथो खेल हो । नेपाल पहिलो खेलमा भारतसँग ४–१ ले हारेको थियो । दोस्रो खेलमा भुटानलाई ५–० ले हराएको थियो । नेपाल तेस्रो खेलमा रुससँग ३–० ले पराजित भएको थियो ।
साफले यूईएफए असिस्ट प्रोग्रामअन्तर्गत रहेर यू–१७ महिला च्याम्पियनसिप आयोजना गरेकाले प्रतियोगितामा दक्षिण एसियाका मुलुकबाहेक रुस पनि सहभागी भएको हो ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ १५:५५
प्रतिक्रिया दिनुहोस्