
काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले ‘रिलिजियस एन्ड स्पिरिच्युअल सर्किट नेपाल एन्ड इन्डिया’नामक कफी टेबल पुस्तकको लोकार्पण गरिएको छ ।
उक्त पुस्तक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा संघका अध्यक्ष सृजना राणा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र परारष्ट्र सचिव भरतराज पौड्यालले संयुक्त रुपमा उक्त कफी टेबल पुस्तकको लोकार्पण गरेका हुन् ।
संघका अध्यक्ष राणाले आफ्नो स्वागत मन्तव्यका क्रममा नेपाल–भारत पर्यटन प्रबद्र्धनको उद्दे्रश्यका साथ पुस्तक प्रकाशनमा ल्याएको बताइन् ।
उनले नेपालमा सीताको जन्म भएको र भारतको अयोध्यामा जन्मेका रामसँग विवाह भएको, बुद्धको जन्म नेपालमा भएको र भारतमा ज्ञान प्राप्त गरेको, सतीदेवीले महादेवको हेला सहन गर्न नसकेर अग्नि कुण्डमा प्रवेश गरी प्राण त्याग गरेको बताउँदै यस्ता अन्य विषयलाई पुस्तकमा लिपिबद्ध गरी प्रकाशित गर्नसके नेपाल र भारतका तीर्थालुहरुका लागि अत्यन्त उपयोगी हुनुका साथै यसको प्रचार प्रसारबाट नेपालको धार्मिक पर्यटनमा सहयोग पुग्ने बताइन् ।
पर्यटनमन्त्री सुदन किरातीले नेपाल–भारतबीचको सम्बन्धको असाध्यै पुरानो, ऋषिमुनीहरुको पालादेखिको सम्बन्ध भएको बताए ।
कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले संघले प्रकाशन गरेको यस पुस्तकले नेपाल र भारतबीचको सदियौँदेखिको सम्बन्धलाई थप उचाइमा पुर्याउन सहयोगी बन्ने बताए ।