अर्थ व्यवसाय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगलाई तीन वर्षको शुल्क नतिरेको पाइएको छ ।
विद्युत् बिक्रीमा लाग्ने ०.३ प्रतिशत शुल्क नतिरेको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनमा उल्लेख छ ।
०७८/७९, ०७९/८० र ०८०/८१ का तीन वर्षको रकम नतिरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार ०७८/७९ मा २६ करोड १६ लाख ६४, ०७९/८० को ३० करोड १० लाख ३७ हजार र ०८०/८१ को ३४ करोड ७३ लाख ९४ हजार रकम आयोगलाई नबुझाएको महालेखाले औँल्याएको छ ।
तीन वर्षमा कुल ९१ करोड ९९ लाख ५७ हजार रुपैयाँ नबुझाएको प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२ १५:३९
प्रतिक्रिया दिनुहोस्