प्रविधि


काठमाडौं । ट्विटरका सीईओ एलन मस्कले आफ्ना कर्मचारीलाई कम्पनीको मूल्य २० अर्ब अमेरिकी डलर तय गरी सेयर उपलब्ध गराउने प्रस्ताव गरेका छन् । मस्कले पठाएको इमेलसँग जानकार व्यक्तिलाई उद्धृत गर्दै रोयटर्सले यस्तो जनाएको हो ।
मस्कले कर्मचारीलाई सेयर खरिद गर्न प्रस्ताव गरेको कम्पनीको यो मूल्य उनले किनेको ४४ अर्ब अमेरिकी डलरको आधाभन्दा कम हो । ट्विटरले यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन ।
गएको डिसेम्बरमा मस्कले कैयौँ विज्ञापनदाताले विज्ञापन दिन छोडेपछि ट्विटर सन् २०२३ मै नगदविहीन हुन सक्ने बताएका थिए ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९ १६:४१
प्रतिक्रिया दिनुहोस्