site stats
खेल
साफ यू–१७ महिला च्याम्पियनसिप : भुटानविरुद्ध रुसको फराकिलो ‍जित

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिपमा रुसले भुटानविरुद्ध फराकिलो जित निकालेको छ । शुक्रबार बंगलादेशको ढाकामा भएको खेलमा रुसले भुटानविरुद्ध ९–१ सानदार जित निकाल्यो ।

अनास्तासिया चेरनोउसोभाले ह्याट्रिक गरिन् । इसेनिया काड्यान्टसेभाले दुई तथा अनास्तासिया काराटाइभा, एलेना गोलिक, सोभिया गोलोभिना, पोलिना बोग्डानोभाले एक–एक गोल गरे ।

Himalayan Bank
Dabur nepal
Agni Group

भुटानले एक गोल पनि रुसकी किरा नाउमोभाबाट आत्मघाति उपहार पाएको थियो । प्रतियोतिगामा रुसको यो दोस्रो जित हो । रुसले यसअघि पहिलो खेलमा घरेलु टिम बंगलादेशविरुद्ध ३–० को जित निकालेको थियो । भुटानको भने यो लगातार तेस्रो हार हो । भुटानले यसअघि पहिलो खेलमा बंगलादेशसँग ८–१ को र दोस्रो खेलमा नेपालसँग ५–० को हार बेहोरेको थियो ।

साफले यूईएफए असिस्ट प्रोग्रामअन्तर्गत रहेर यू–१७ महिला च्याम्पियनसिप आयोजना गर्न गरेको कारण च्याम्पियनसिपमा दक्षिण एसियाका मुलुकबाहेक रुसको पनि सहभागी भएको हो । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रुसको सहभागिता छ ।

Global bank

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  २२:२७
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय