site stats
प्रविधि
३८ प्रतिशत घरमा इन्टरनेट सुविधा

काठमाडौं । नेपालमा रहेका कुल परिवारमध्ये करिब ३८ प्रतिशत घरमा इन्टरनेट सेवा उपलब्ध रहेको पाइएको छ ।

शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को पूर्ण नतिजाअनुसार नेपालमा रहेका कुल परिवारमध्ये ३७.७२ प्रतिशतमा इन्टरनेटको सुविधा रहेको देखिएको हो ।

Himalayan Bank
Agni Group

यस्तै साधारण मोवाइल फोन हुने परिवारको हिस्सा ७३.१५ प्रतिशत छ भने स्मार्ट मोबाइल फोन भएका परिवार संख्या ७२.९४ प्रतिशत रहेको छ । 

कुल परिवारमध्ये ४९.३७ प्रतिशतमा टेलिभिजन र ३५.२१ प्रतिशतमा साइकल रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । 

Global bank

३.८८ प्रतिशत परिवारहरुमा जनगणनामा सोधिएका कुनै पनि साधन तथा सुविधाहरु उपलब्ध नभएको पाइएको छ । सामान्य मोबाइल फोनसमेत नभएका परिवार पनि रहेको देखिन्छ । करिब ९६.१२ प्रतिशत परिवारमा भने कम्तीमा एक किसिम (मोबाइल, इन्टरनेट, टेलिभिजन)को सुविधा उपलब्ध भएको पाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय