विदेश

काठमाडौं । भारतको गुजरातस्थित सुरत जिल्ला अदालतले कांग्रेसका नेता राहुल गान्धीलाई मानहानिको मुद्दामा दोषी ठहर गरेको छ ।
सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिका आधारमा उनलाई मानहानिको मुद्दामा दोषी ठहर गरिएको हो ।
भारतीय जनता पार्टीका गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले गान्धीले दिएको सो अभिव्यक्तिले मानहानि भएको भन्दै उजुरी दायर गरेका थिए ।
दोषी ठहर भए पनि हालसम्म उनलाई कुनै सजाय तोकिएको छैन ।
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९ ११:५८
प्रतिक्रिया दिनुहोस्